close

अब ग्यापुबाट घरमै बाजेको सेकुवा

टेकपाना टेकपाना

भदौ २३, २०७७ १७:४२

अब ग्यापुबाट घरमै बाजेको सेकुवा

काठमाडौं । ईकमर्स कम्पनी ग्यापु डटकमले आजदखि सेवाग्राहीलाई घरमै फूड आइटम पुर्‍याउने भएको छ । लकडाउनको विषम परिस्थितिमा स्थापना भएर फलफूल, तरकारी, इलेक्ट्रोनिक्स लगायतका सामग्रीको डेलिभरी दिँदै आएको ग्यापुले अब फूड डेलिभरीमा पनि हात हालेकाे हाे ।

यसअन्तर्गत ग्यापुले मटन तास, मटन सेकुवा, म:मः, चिकेन छोइला, हाँसको छोइला, फ्राइड राइस, बँदेल तारेको, खाजा सेट आदि खानाका आइटमकाे हाेम डेलिभरी गर्ने भएकाे छ । सेवाग्राहीले अनलाइन अर्डरका लागि यहाँ क्लिक गर्नुपर्ने हुन्छ ।

कम्पनीले अर्डर गरेको ९० मिनेटमै खानाका आइटम पुर्‍याउने बताएको छ । हाल यो सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध छ ।

ग्राहकले अनलाइन भुक्तानीको सुविधा समेत पाएका छन् । यसका लागि ईसेवा, फोन पे, आईएमई पे, प्रभु पे, बैंक कार्ड र कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिन्छ ।

एक हजार रुपैयाँ माथिको अर्डरमा निःशुल्क र एक हजारमुनिको अर्डरमा एक सय रुपैयाँ सेवा शुल्क लिने कम्पनीका कस्टमर रिलेसन म्यानेजर अशोक कार्कीले टेकपानालाई जानकारी दिए ।

याे पनि पढ्नुहाेस् : भियतनाम र भारतमा समेत सेवा विस्तार गर्दै नेपाली ईकमर्स कम्पनी ग्यापु

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०