close

आईफोन ट्वेल्भ आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् लाइभ इभेन्ट

टेकपाना टेकपाना

असोज २७, २०७७ ९:५०

आईफोन ट्वेल्भ आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् लाइभ इभेन्ट

काठमाडौं । आज बेलुका एप्पलको भर्चुअल इभेन्ट हुँदैछ । उक्त कार्यक्रम मार्फत आईफोन ट्वेल्भ सिरिज सार्वजनिक हुने चर्चा चलिरहेको छ ।

साथै एप्पलले नयाँ एप्पल टिभी स्ट्रिमिङ बक्स, एयरपड्स स्टुडियो, एयर ट्याग्स, होमपोड स्मार्ट स्पिकर लगायतका उपकरण पनि सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएकाे छ ।

एप्पल इभेन्ट कसरी हेर्ने ?

एप्पलले आफ्नो इभेन्ट प्राय: यसको आफ्नै इभेन्ट्स वेबपेजमा प्रसारण गर्दछ । साथै एप्पल इमेन्ट्स एपको सहायताले एप्पल टिभीमा पनि प्रत्यक्ष हेर्न मिल्छ ।

त्यस्तै एप्पलको अफिसियल युट्युब च्यानलबाट पनि इभेन्ट हेर्न सकिन्छ । प्रत्यक्ष प्रसारण नेपाली समयअनुसार राती १०ः४५ बजेबाट सुरु हुनेछ ।

एप्पल इभेन्ट्स वेबपेज
एप्पल इभेन्ट्स एप
एप्पलको युट्युब च्यानल

चार मोडलमा आउने छ आईफोन ट्वेल्भ

आईफोन ट्वेल्भ लाइनअपमा चार नयाँ आईफोन मोडेलहरू हुन सक्छन् । यसअन्तर्गत ५.४ इन्चको आईफोन ट्वेल्भ मिनी, ६.१ इन्चको आईफोन ट्वेल्भ, ६.१ इन्चको आईफोन ट्वेल्भ प्रो र ६.७ इन्चको आईफोन ट्वेल्भ प्रो म्याक्स रहेका छन्।

सबै चार मोडेल फाइभजी फोन हुन सक्छन् । आईफोन ट्वेल्भ प्रो म्याक्समा थ्रीडी डेप्थ सेन्सिङ टेक्नोलोजी रहने छ ।

सँगसँगै कम्पनीले यसपटक आईफोन ट्वेल्भ वा आईफोन ट्वेल्भ म्याक्सलाई प्रिमियम मिड रेञ्ज मोडलको रुपमा बिक्री गर्नेछ । जबकि आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्सलाई फ्ल्यागशिप डिभाइको नाम दिइनेछ । यी मोडलमा फाइभजी र ओएलईडी डिस्प्ले सपोर्ट हुनेछ ।  

फोटोग्राफीको कुरा गर्दा आईफोन ट्वेल्भमा नयाँ अनुभव गर्न मिल्नेछ । प्रिमियम मिड रेञ्ज फोन आईफोन ट्वेल्भ र म्याक्समा डुअल क्यामेरा हुनेछ । 

बाँकी मोडलमा भने ट्रिपल क्यामेरा फिचर हुनेछ । यसमा खास कुरा त के हुनेछ भने यस पटक एप्पलले चारवटै फोनमा शक्तिशाली क्यामेरा सेन्सर प्रयोग गर्नेछ । 

प्रो मोडल्समा वस्तुको दूरी मापन गर्न लिडार सेन्सर प्रयोग हुनसक्छ । किनकि आईप्याड प्रोको हाई ईण्ड मोडलमा यसअघि नै लिडार स्क्यानर राखिएको छ ।

नयाँ आईफोनमा एप्पलको लेटेस्ट प्रोसेसर हुनेछ । खबरहरुका अनुसार नयाँ आईफोन ट्वेल्भमा ए फोर्टीन बयोनिक चिपसेट देख्न सकिनेछ ।

जहाँ बजेट मोडल ६४ जीबी, १२८ जीबी र २५६ जीबी अप्सनमा उपलब्ध हुनेछन् । सँगसँगै टप ईण्ड मोडलमा १२८ जीबी, २५६ जीबी र ५१२ जीबीको स्टोरेज प्राप्त हुनेछ । यी फाेनकाे मूल्य यस्ताे हुनेछ ।

नयाँ एप्पल टिभी

सो इभेन्टमा एप्पलले सबै तरिकाले नयाँ एप्पल टिभी स्ट्रिमिङ बक्सको घोषणा गर्ने अपेक्षा गरिएको छ। हामी यो वर्ष पूर्ण रूपमा भिन्न एप्पल टिभीको आशा गर्दैनौं।

नयाँ एप्पल टिभी स्ट्रिमिङ बक्समा राम्रो प्रोसेसर र अपडेट गरिएको रिमोट हुन सक्छ। कम्पनीले एप्पल टिभीको लागि गेमिङ कन्ट्रोलरमा काम गरिरहेको खबर आइरहेको छ ।

एयरपड्स स्टुडियाे

एप्पलको ओभर-ईयर हेडफोनहरूका बारेमा धेरै हल्ला आइरहेका छन् । एप्पलले भर्खर प्रतिस्पर्धी कम्पनीहरुको हेडफोन र स्पिकरहरु यसको अनलाइन र फिजिकल स्टोरबाट हटायो । यसकारण यो बुझ्न सकिन्छ कि एयरपड्स स्टुडियो ल्याउने तरखरमा एप्पल छ ।

एयरपोड्स स्टुडियोसँगै एप्पलले ओभर-ईयर हेडफोन बजारमा प्रवेश गर्न थालेको बताइएको छ । एयरपोड्स स्टुडियोमा न्वाइज क्यान्सिलेसन गर्ने र नेक डिटेक्सन सेन्सर रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४