युनिकोड के हो र कसरी विकास भयो ?

काठमाडौं । नेपाली टाइपिङ गर्नेहरुमाझ ‘युनिकोड’ शब्द चिरपरिचित छ । सामान्यतय: हामीहरु युनिकोडलाई नेपाली टाइपिङको एउटा फन्टको रुपमा बुझ्ने गर्छौं । तर यो हाम्रो सीमित बुझाइ हो ।

वास्तवमा युनिकोडको पुरा रुप ‘युनिभर्सल कोड’ हो । यसबाट नेपाली भाषा मात्र होइन, विश्वका हरेक भाषाका अक्षर लेख्न सकिन्छ । कम्प्युटर प्रविधि सुरु हुँदा सबै कुरा अंग्रेजीमा हुने गर्दथे । सफ्टवेयर, वेबसाइट सबै कुरा अंग्रेजी भाषामा मात्र थिए ।

त्यस्तै कम्प्युटरका क्यारेक्टर अर्थात् कीबोर्डका कीहरु पनि सबै अंग्रेजीमा मात्र हुने गर्दथे । तब कम्प्युटर जगतमा ‘आस्किकोड’को वर्चस्व थियो । जसमा मात्र करिब ९५ वटा क्यारेक्टर (अक्षर तथा सिम्बाेलहरु) थिए ।

जसमा एट द रेट लगायत आजका कम्प्युटरमा देखिने धेरै सिम्बाेलहरु थिएनन् । तर कम्प्युटर कोडिङ ती सिम्बाेलहरुको पनि आवश्यक थियो ।

तब विभिन्न मुलुकले आफ्नै भाषाअनुसार कम्प्युटरका लागि छुट्टाछुट्टै इनकोडिङ फर्महरु निर्माण गर्दै थिए, तब कोड सेटहरु यति धेरै र फरक थिए कि चीन, अरब, रसिया लगायत अधिकांश देशमा कोड फरक-फरक थिए ।

यस्तो बेला एकअर्कासँग सम्पर्क गर्नुपर्‍यो भने फरक कोडमा भएको फरकपनाका कारण एउटाले पठाएको सिम्बाेल वा केही टेक्स्ट अर्काका लागि बुझ्न असम्भव थियो ।

कुन ‘भाषा कोड’मा सम्पर्क गर्ने भन्ने बारेमा कुनै एकीकृत सम्झौता नहुँदा यसले भाषा कोडिङमा एकदमै भद्रगाेल सृजना गरेको थियो । त्यो वास्तवमै निकै ठूलो टाउको दु:खाईको विषय बनेको थियो ।

तत्कालीन समयमा आस्किकोडमा ९४ क्यारेक्टर निर्धारण थिए, जसमा अल्फाबेट, अङ्क र केही सिम्बाेलहरु थिए । तर त्यसबेला विश्वका विभिन्न भाषा, जसमा हजारौं हजार अल्फाबेट तथा भाषाहरु थिए । तीनलाई आस्किकोडले सम्बोधन गर्न सकिरहेको थिएन ।

तर कम्प्युटरलाई आफ्नो भाषा बुझाउन सम्बन्धित भाषाका अक्षर तथा संकेतनहरुमा कोडिङ गर्नुपर्ने आवश्यकता थियो । त्यसैकाे आवश्यकताले युनिकोड अर्थात् युनिभर्सल कोड प्याकेजको जन्म भएको थियो । यो कोडको प्रयोग विश्वभर नै हुन्छ ।

जब युनिकोड कन्सोर्टियमका अध्यक्ष तथा सह-संस्थापक मार्क डेभिसलाई १९८७ तिर जेरोक्स कम्पनीका साथी जोई बेकरले सम्पर्क गरे । क्यारेक्टर कोड मेसबाट विश्वलाई मुक्ति दिन तब जोई र उनकाे टिमले युनिकोडको वृहत आइडिया लिएर आएका थिए ।

‘ताजा तथा पृथक इन्कोडिङ, जसमा विश्वका हरेक भाषाहरुको क्यारेक्टर होस् भन्ने उनीहरुको आइडिया थियो,’ मार्क भन्छन्, ‘हामी केही यस्तो कुरा बनाउने तयारीमा थियौं, जसले विश्वभरका हरेक कम्प्युटरमा काम गर्न सकोस् र हरेक प्रयोगकर्ताले आफ्नो मातृभाषालाई एउटा डकुमेन्टमा राख्न सकोस् ।’

१९९१ मा युनिकोड कन्सोर्टियमको स्थापना भयो । तब १२ वटा कम्प्युटर तथा सफ्टवेयर निर्माता कम्पनीहरुको नेटवर्क युनिकोडको साझा ब्यानरमा आए ।

युनिकोड कन्साेर्टियमका मुख्य तीनवटा प्रोजेक्टहरु थिए ।  जुन क्यारेक्टर, भाषा र प्रोग्रामिङ कोडहरुमा केन्द्रित थिए । 

विश्वका विभिन्न भाषामा सयौं हजारौंभन्दा धेरै क्यारेक्टरहरु यसमा छन् । यसबाहेक सम्पूर्ण इमोजी पनि छन् ।

तर क्यारेक्टरबाहेक कम्प्युटर वा फोनलाई कसरी काम गराउने, त्यसलाई सपोर्ट गर्न भाषालाई विशेष जानकारीको समेत आवश्यक पर्दछ । भाषालाई कसरी अल्फाटाइज गर्ने, मिति तथा अङ्क र समयहरुले कसरी काम गर्छ त्यसलाई मिलाउनुपर्ने हुन्छ ।

अन्त्यमा यी सबैलाई कार्यान्वयन गरी डिस्प्लेमा उतार्न कम्प्युटरलाई प्रोग्रामिङ कोडको खाँचो पर्दछ । यी सबै पक्षको परिपूर्ति समेत युनिकोडले गर्दछ ।

आजको समयमा युनिकोडले ८० देखि ९० वटा भाषा सजिलै कभर गर्दछ । यस्तै स्मार्टफोनमा करिब दुई सयभन्दा धेरै भाषा सपोर्ट गर्दछ ।

कालान्तरमा आएर विश्वमा इन्टरओप्यारेबिलिटीलाई समन्वय गर्न युनिकोडले आफ्नो सिस्टममा पिक्टोग्राफिक सिम्बाेललाई समेत समेटेको हो । 

यसैबीच केही समयअघि मात्र युनिकोडकाे नयाँ अपडेट जारी भएकाे छ, जसमा ३७ इमोजी क्यारेक्टर थप भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team