close

युनिकोडमा थपिए नयाँ ३७ इमोजी

टेकपाना टेकपाना

भदौ ३१, २०७८ २१:५३

युनिकोडमा थपिए नयाँ ३७ इमोजी

काठमाडौं । लामो समयको अन्तरालमा युनिकोडमा इमोजी थपिएको छ । कम्पनीले युनिकोड १४.० जारी गर्दै सलाम गरेको, अनुहार छोपेको, अनुहार पग्लिएको लगायतका ३७ इमोजी क्यारेक्टर ल्याएको छ ।

युनिकोडले इमोजीको यो समूह गत मार्चमा ल्याउने अपेक्षा गरिएको थियो । तर कोरोना भाइरसको महामारीका कारण ढिला गरी सार्वजनिक भएको हो ।

युनिकोड १४.० मा अनुहारको इमोजी मात्र नभएर अन्य अर्थपूर्ण ईमोजी समावेश गरिएको छ । जसमा ब्याट्री सकिएको, ओठ टोकेको, गर्भवती भएको लगायतका इमोजी छन् ।

इमोजीबाहेक यस संस्करणले ८३८ वटा नयाँ क्यारेक्टर र ७५ प्रकारका छालाको रङ ल्याएको छ ।

साथै पुरानो भर्सन १३.० मा भएका कमजोरीलाई पनि सुधार गरिएको छ । युनिकोड १४.० लाई २०२२ को सुरुबाटै गुगल, एप्पल, ट्वीटर लगायतका प्लेटफर्मले सपोर्ट गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१