close

भायनेटको डेटा चोरी गर्ने ह्याकर प्रहरी नियन्त्रणमा

टेकपाना टेकपाना

पुस २६, २०७७ १६:५३

भायनेटको डेटा चोरी गर्ने ह्याकर प्रहरी नियन्त्रणमा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेशन्सको ग्राहकहरूको तथ्याङ्कमा अनधिकृत रुपमा पहुँच पुर्‍याई फेसबुक, इन्स्टाग्राम, ट्वीटर लगायतका सामाजिक सञ्जालमा स्क्रिप्ट सार्वजनिक गर्ने एक युवा पक्राउ परेका छन् ।

प्रहरीले रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका-१ बस्ने वर्ष करिब १७/१८ का युवक परिवर्तित नाम ‘नरपिचास’ लाई पक्राउ गरेको हो ।

साइबर ब्युरो भोटाहिटीले दिएको जानकारी अनुसार ती युवकले भायनेटको विद्युतीय संयन्त्रमा अनधिकृत रुपमा पहुँच राखी डेटा ब्रिच गरेका थिए ।

‘नरपिचास’ नामको ट्वीटर ह्याण्डल लगायत फेसबुक, इन्स्टाग्राम समेतको माध्यमबाट ती युवकले स्क्रिप्ट सार्वजनिक गरेको जनाइएको छ ।

यो कार्य विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद- ९ बमोजिमको कसुर गरेको खुल्न आएको भन्दै जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बुटवलको सहयाेगमा आइतबार बुटवलबाट अभियुक्तलाई पक्राउ गरिएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस् : भायनेटमा साइबर आक्रमण, १ लाख ६० हजारभन्दा बढीको व्यक्तिगत विवरण बाहिरियो

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१