close

ज्याक डोर्सीको पहिलो ट्वीट ३३ करोडमा बिक्री

टेकपाना टेकपाना

चैत १०, २०७७ १७:२४

ज्याक डोर्सीको पहिलो ट्वीट ३३ करोडमा बिक्री

काठमाडौं । ट्वीटरका मालिक तथा सीईओ ज्याक डोर्सीको पहिलो ट्वीट २.९ मिलियन डलर अर्थात ३३ करोड रूपैयाँभन्दा बढीमा बिक्री भएको छ । मलेसियामा रहेको ब्रिज ओरेकल प्राविधिक कम्पनीका प्रमुखले डोर्सीको उक्त ट्वीट खरिद गरेका हुन् ।

सन् २००६ मार्च २२ मा पहिलो पटक ज्याक डोर्सीले ‘जस्ट सेटिङ अप माई ट्वीटर’ भनेर ट्वीट गरेका थिए, जुन विश्वकै पहिलो ट्वीट थियो । यही मार्चमा उक्त ट्वीटले १५ वर्ष पुरा गरेको थियो ।

याे अवसरमा डोर्सीले एक च्यारिटीका लागि भनेर आफ्नो ट्वीट एनएफटीका रुपमा लिलामीमा राखेका थिए । एनएफटी अर्थात नन–फंङ्जीएवल टोकन हो ।

यसले विशेष किसिमको डिजिटल ‘सर्टिफिकेट’ प्रदान गर्दछ । जसमा कुनै तस्वीर, भिडियो वा अनलाइन मिडियाका सामग्री कसको स्वामित्वमा छ भनेर आधिकारिक रुपमा उल्लेख गरिएको हुन्छ । प्रत्येक एनएफटीको आफ्नै विशेषता हुन्छ र संकलित सामग्रीको कुनै नक्कलीस्वरुप बनाउन सकिँदैन । जसले यसको डिजाइनलाई दुर्लभ बनाइदिन्छ ।

उक्त ट्वीटको लिलामीमा धेरै सहभागी भएका थिए । लिलामी सुरु भएको केही मिनेटमै यसको मूल्य ८८ हजार डलरभन्दा धेरै पुगिसकेको थियो । अन्त्यमा मलेसियाका व्यवसायी सिना एस्ताभी उक्त ट्वीट खरिद गरेको छन् । यो ट्वीट खरिद गरेसँगै उनले यसलाई मोनालिसाको पेन्टिङसँग तुलना गरेका छन् ।

अब उक्त लिलामीबाट प्राप्त रकमको ९५ प्रतिशत डोर्सीले पाउँछन् भने बाँकी ५ प्रतिशत यसलाई सञ्चालन गर्ने अमेरिकी कम्पनी सेन्टको प्लेटफर्म ‘भ्यालुएबल्स’ ले प्राप्त गर्नेछ ।

ट्वीट बिक्री भएसँगै डोर्सीले बिक्रीबाट प्राप्त रकम बिटकोइनमा परिणत गर्ने र त्यसपछि अफ्रिका रेस्पोन्स फन्डलाई सिधै प्रदान गरिने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१