close

पठाओको सेवा अवरूद्ध

टेकपाना टेकपाना

चैत १०, २०७७ १७:४०

पठाओको सेवा अवरूद्ध

काठमाडौं । प्राविधिक समस्याका कारण राइड शेयरिङ प्लेटफर्म पठाओको सेवा अवरूद्ध भएको छ ।

एपमा आएको प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको कम्पनीकी बजार प्रबन्धक सुरक्षा हमालले बताएकी छन् । उनका अनुसार चाँडै नै सेवा सुचारू हुनेछ ।

यसअघि सोमबार ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका थिए । यसैलाई लिएर सेवा अवरुद्ध भएको हुनसक्ने आँकलन गरिएको थियो ।

तर, त्यसो नभएर प्राविधिक समस्याका कारण सेवामा समस्या देखिएकाे हमालले स्पस्ट पारेकी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१