close

पिक्सेल फोनबाहेक सबैका लागि गुगल फोटोजमा अनलिमिटेड स्टोरेज बन्द हुँदै

टेकपाना टेकपाना

चैत १३, २०७७ १८:३४

पिक्सेल फोनबाहेक सबैका लागि गुगल फोटोजमा अनलिमिटेड स्टोरेज बन्द हुँदै

काठमाडौं । आउँदो जून महिनादेखि गुगल फोटोजबाट अनलिमिटेड स्टोरेजको सुविधा हट्दै छ ।तर यदि गुगलको पिक्सेल फाेन चलाउनुहुन्छ भने तपाईं चैं भाग्यमानी बन्नुहुनेछ । किनकि पिक्सेल फाेन प्रयोगकर्ताले जून महिनापछि पनि निरन्तर अनलिमिटेड स्टोरेजको मज्जा लुट्न पाउनेछन् ।

गुगल फोटोजमा आउन लागेको यो परिवर्तनले धेरैलाई निराश बनाउने छ । यदि १५ जीबीभन्दा बढी फाेटाे र भिडियाे छ भने कि त तपाईंले अन्यत्र सार्नुपर्छ, कि त गुगल फोटोमै पैसा तिर्नुपर्छ ।

जून १ देखि हाई क्वालिटी तथा एक्सप्रेस क्वालिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गुगलले उल्लेख गरेको छ ।

त्यसो त गुगलको यो निर्णय नोभेम्बर २०२० कै हो । तर जून १ गतेसम्म तपाईंले जति पनि उच्च गुणस्तरका फोटोहरु अपलोड गर्न सक्नुहुन्छ ।

यदि गुगलकाे याे निर्णयलाई तपाईंले नजिकबाट हेरिरहनु भएकाे छ भने पक्कै पनि आफ्नो अकाउन्टमा कति स्टोरेज बाँकी छ, त्यो कुरा पहिले थाहा पाउनुपर्छ ।

यसका लागि तपाईंले कति स्टोरेज प्रयोग गर्नुभएको छ त वा कतै तपाईंको स्टोरेज भरिएर अपग्रेड गर्नुपर्ने समय पो भएको छ कि ? यी कुराहरु हेर्ने धेरै तरिकाहरु छन् । आज हामी यसबारे तपाईंलाई सिकाउने छौं ।

https://www.theverge.com/2019/3/19/18271015/google-drive-photos-storage-space-how-to-get-more

१. सबैभन्दा पहिले यस पेजमा जानुहोस् । त्यहाँ तपाईंले कति स्टोरेज प्रयोग गर्नु भएको छ र ती स्टोरेज गुगल ड्राइभ, जीमेल, गुगल फोटोज, र तपाईंको डिभाइस ब्याकअपमा कति खर्च भएको छ भन्ने कुरा स्पष्ट देख्न सक्नुहुन्छ । (नोटः तपाईंसँग भएको गुगल अकाउन्ट अनुसार यो पेजको आवरणमा फरक पर्न सक्छ ।)

२. गुगल ड्राइभ पेजमा गएर पनि कति स्टोरेज बाँकी छ भनेर तपाईंले हेर्न सक्नुहुन्छ । साथै बाँयातिरको कोलममा रहेको तल्लो भागमा देखिने स्टोरेज स्टाटिस्टिकमा पनि तपाईंले हेर्न सक्नुहुन्छ ।

३. गुगलले एउटा पेज पनि बनाएको छ, जसले तपाईंको हालको उपभोगिताको आधारमा तपाईंले कहिले स्टोरेज बढाउने भन्ने कुराको आँकलन गर्दछ ।

जून १ को समयसीमा कटिसकेपछि जब तपाईं आफ्नो लिमिट सकिने नजिक पुग्नुहुन्छ, तब गुगलले रिमाइण्डर पठाउने बताएको छ । साथै गुगलले ‘डार्क, ब्लरी र अनावश्यक सामग्री’ पहिचान गर्ने टुल पनि प्रदान गर्ने बताएको छ ।

याे पनि पढ्नुहाेस् :
गुगल अकाउन्टको स्टोरेज फुल भयो ? यसरी गर्नुहोस् खाली

निष्कृय गुगल अकाउन्टका फाइल स्वतः डिलिट हुनसक्ने

तपाईंको गुगल अकाउन्ट कसैले चलाइरहेको त छैन ? यसरी चेक गर्नुहोस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१