close

इथिकल ह्याकर सुजन थापा मगरको संघर्षको कथा

टेकपाना टेकपाना

चैत १५, २०७७ २२:१६

इथिकल ह्याकर सुजन थापा मगरको संघर्षको कथा

काठमाडौं । इथिकल ह्याकर सुजन थापा मगरले बग बाउन्टीबाट तीन महिनामै परिवारको १५ लाख रुपैयाँ तिर्न सफल भएको समाचार टेकपानामा प्रकाशित भएपछि धेरैका लागि उनकाे कथा प्रेरणादायी बनिरहेको छ ।

कमजोर शैक्षिक पृष्ठभूमिबाट आएर पनि आफ्नो रुचि र लगाव भएको क्षेत्रमा सफल बन्न सकिन्छ भनेर उनले प्रमाणित गरिदिएका छन् । आमयुवाका लागि पनि उनको संघर्षको कथा प्रेरक बन्न सक्छ ।

एउटा सामान्य किशोर सिक्दै, अघि बढ्दै आज नेपालकै पुरानो साइबर सेक्युरिटी कम्पनी इमिनेन्स वेजमा वेब सेक्युरिटी रिसर्चरको भूमिकामा काम गरिरहेका छन् ।

गुगलको सामान्य ज्ञानसमेत नभएका सुजनले प्रविधिको कखरा सिक्दै तीन चार वर्षसम्म मोबाइलबाटै ह्याकिङ स्किल सिकेर आज यहाँसम्म आइपुगेका हुन् ।

आफ्नो एउटै भिजन लिएर अनवरतरुपमा मेहेनतका साथ अगाडि बढेर यहाँसम्म आइपुगेका सुजन ‘गरे के हुन्न’ भन्ने उक्तिको मूर्त उदाहरण हुन् ।

ह्याकिङ जति जटिल र भयानक सुनिन्छ, अठोट लिएर अगाडि बढे असम्भव छैन । सुजनको अनुभवले यही भन्छ ।

सुजनकाे संघर्षको कथा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१