close

नन-फन्जिबल टोकन ‘एनएफटी’ के हो र यसको मूल्य किन लाखौं छ ?

टेकपाना टेकपाना

बैशाख ८, २०७८ १८:३६

नन-फन्जिबल टोकन ‘एनएफटी’ के हो र यसको मूल्य किन लाखौं छ ?

सतेज रेग्मी/-
काठमाडाैं । सुन्दा अचम्म लाग्न सक्छ । तर तल देखाइएको डिजिटल चित्रको बिक्री करिब ६ करोड ९० लाख डलरमा भएको छ । बिपल भन्ने कम्पनीले उक्त डिजिटल चित्रलाई बेचेको हो ।

यो डिजिटल चित्र त हामीले पनि देख्यौं । त्यस्तो भाउ हुनुपर्ने के छ र भन्ने प्रश्न आउन सक्छ । तर यो हामीले आफ्ना आँखाले देख्न त देख्यौ, तर यसको स्वामित्व भने हामीसँग छैन ।

साधारण शब्दमा भन्ने हो भने हामीले देखेको उक्त चित्र मोनालिसाको पेन्टिङको फोटोकपी हो भने त्यो बिक्री भएको डिजिटल चित्र भने मोनालिसाको पेन्टिङ नै हो ।

यस्तै डिजिटल चित्र, गीत र भिडियोहरुको स्वामित्व आदि बनाउने प्रविधि नै नन फन्जिबल टाेकन अर्थात् एनएफटी (NFT) हो ।

याे इथेरियम ब्लकचेन (डिजिटल रेकर्ड) मा आधारित छ, जुन बिटक्वाइनमा प्रयोग गरिएको प्रविधि पनि हो । यसलाई ह्याक गर्न असम्भवजस्तै भएका हुनाले यो सुरक्षाको दृष्टिकोणले पनि एकदम ठीक मानिन्छ ।

यही एनएफटी प्रविधिको प्रयोग गरेर ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डाेर्सीले पनि आफ्नो पहिलो ट्वीटको स्वामित्व करिब २९ लाख अमेरिकी डलरमा बिक्री गरे ।

jack-dorsey-first-tweet-photo-techpana

एनएफटी प्रविधिलाई डिजिटल चित्रकारिता र कला क्षेत्रमा एउटा आमूल परिवर्तन मानिन्छ । यसको प्रयोग गरेर पश्चिमा देशहरूमा डिजिटल सम्पत्तिको किनबेच पनि धेरै नै भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१