close

कम्प्युटर नेटवर्क ध्वस्त बनाएका ह्याकरलाई एक करोड १० लाख डलर बराबरको बिटक्वाइन

टेकपाना टेकपाना

जेठ २८, २०७८ १४:७

कम्प्युटर नेटवर्क ध्वस्त बनाएका ह्याकरलाई एक करोड १० लाख डलर बराबरको बिटक्वाइन

काठमाडौं । विश्वको सबैभन्दा ठूलो मासु सप्लायर्स तथा प्रोसेसिङ कम्पनी जेबीएसले र्‍यान्समवयर अट्याकबाट छुटकारा पाउनका लागि ह्याकरलाई एक करोड १० लाख डलर बराबरको बिटक्वाइन (झन्डै १ अर्ब २९ करोड रुपैयाँ) बुझाएको छ ।

र्‍यान्समवयर अट्याकबाट जेबीएसकाे कम्प्युटर नेटवर्क पूर्णरूपमा ध्वस्त पारिएको थियो । जसका कारण अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका हजारौं कामदार प्रभावित भएका थिए । भने, उक्त स्थानमा मासुको आपूर्ति कम हुँदा मूल्यसमेत बढेको थियो ।

र्‍यान्समवयर अट्याकको रुपमा हेरिएको यो साइबर हमला रसियाका अपराधिक समूहद्धारा गरिएको अमेरिकी गुप्तचर संस्था एफबीआईले पत्ता लगाएको थियो । त्योसँगै अमेरिकी सरकार र रसियन सरकारबीच छलफल पनि भएको थियो ।

तर, त्यसबाट पनि कुनै नतिजा नआएसँगै अन्तिममा कम्पनीले र्‍यान्समवयर अट्याकरले राखेको माग पुरा गरेको हो ।

यसअघि यो ग्रुपले एप्पल, एसर लगायतका अमेरिकी कम्पनीमा र्‍यान्समवयर अट्याक गरेका थिए । तर, त्यसमध्ये जेबीएसको अट्याक्ट सबैभन्दा बढी प्रभवकारी अट्याकको रुपमा लिइएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१