close

कस्तो हुन्छ ई-सिम ?

टेकपाना टेकपाना

माघ ५, २०७८ १०:३

कस्तो हुन्छ ई-सिम ?

काठमाडौं । पछिल्लो समयमा ई-सिमको चर्चा निकै चलिरहेको छ । विश्वका केही देशमा ई-सिमको प्रयोग सुरु भइसकेको छ । एप्पलले त ई-सिमलाई लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारी पनि गरिरहेको छ ।

नेपालमा पनि नेपाल टेलिकमले ई-सिमकार्ड सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेका चिपजडित कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई-सिम उपलब्ध गराउने तयारी गरेकाे छ ।

यसका लागि टेलिकमले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई-सिमको प्लेटफर्म’ राख्ने योजनासहित बजेट निर्धारण गरेको छ । जसमा चालू आवभित्र ई-सिम सहित कूल ८० लाख सिम भित्र्याउने कम्पनीको तयारी छ । त्यसमध्ये यो वर्ष एकदेखि डेढ लाखसम्म ई-सिम ल्याउने योजनामा कम्पनी छ ।

आज हामी ई-सिम के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा यो भिडिओमार्फत सरल रुपले जानकारी दिँदै छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२