close

कार्ड नचल्दा त्रिभुवन विमानस्थलमा अलपत्र भ्लगर नास डेलीलाई जब एक नेपालीले दिए १५ हजार

टेकपाना टेकपाना

माघ १, २०८० १६:१३

कार्ड नचल्दा त्रिभुवन विमानस्थलमा अलपत्र भ्लगर नास डेलीलाई जब एक नेपालीले दिए १५ हजार

 

काठमाडौं । शनिवार नेपाल आइपुगेका चर्चित इजरायली भ्लगर नुसेर यासिन उर्फ नास डेली (Nas daily) स्वदेश फर्किएका छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा स्टोरी राख्दै स्वदेश फर्केको जानकारी गराएका हुन् ।

नेपाल बसाइको क्रममा उनी लुम्बिनी पुगेको अनुमान गर्न सकिन्छ । उनले एउटा इन्स्टाग्राम स्टोरीमा एक सन्तसँग साक्षात्कार गर्दै गरेको फोटो शेयर गरेका छन् । त्यसमा उनले अविश्वसनीय अनुभव धेरै वर्षपछि गरेको लेखेका छन् । 

उनका सहकर्मी जस्टिन अमोरेसले पनि लुम्बिनी परिसरको स्टोरी इन्स्टाग्राममा राखेका छन् । स्वदेश फिर्ता हुने क्रममा भने यासिन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा समस्यामा परेका थिए । 

उनले यसको जानकारी पनि उनले इन्स्टाग्राम स्टोरीहरूबाटै दिएका छन्  । एउटा स्टोरीमा उनले आफूले फ्लाइट छुटाएको र अर्को नयाँ फ्लाइट बुक गर्नुपर्ने लेखेका छन् । 

तर आफूसँग भएको कार्डले काम नगरिरहेको र अनलाइन बुकिङ पनि बन्द भइसकेकाले समस्यामा परेको उनले खुलाएका छन् । त्यस्तै सोही इन्स्टाग्राम स्टोरीमा नयाँ फ्लाइट बुक गर्न आफूसँग ५४ हजार रुपैयाँ नगद भएको र थप १५ हजार रुपैयाँ आवश्यक पर्ने बताउँदै उनले एयरपोर्टकै कर्मचारीसँग सहयोग मागिरहेको देख्न सकिन्छ । 

अर्को स्टोरीमा भने १५० डलर नगद दिएर सहयोग गर्ने एयरपोर्टका कर्मचारी अनिलकुमारसँग कुराकानी गरिरहेको भिडिओ उनले शेयर गरेका छन् । त्यस भिडिओमा उनले कर्मचारी कुमारको प्रशंसा र एयर अरेबियामाथि मजाक गरेका छन् । 

आफूलाई समस्या परिरहेको बेला कहिल्यै नचिनेको कुमारले सहयोग गरेको बताउँदै ‍एयर अरेबियाले उनको प्रशंसा गर्नुपर्ने यासिनले बताएका छन् । 

अर्को स्टोरीमा भने आफ्नो साथी जस्टिन अमोरेससँगको सेल्फी राख्दै आफूहरू घर गइरहेको र नेपालको भिडिओ चाँडै आउने लेखेका छन् ।

पछिल्लो अध्यावधिक: माघ १, २०८० १६:१३