close

अङ्ग्रेजी सिक्न चाहनेका लागि गुगलको नयाँ एआई फिचर

टेकपाना टेकपाना

बैशाख १६, २०८१ ८:३६

अङ्ग्रेजी सिक्न चाहनेका लागि गुगलको नयाँ एआई फिचर

काठमाडौं । आफ्ना प्रयोगकर्तालाई अङ्ग्रेजी बोल्न सिकाउन गुगलले नयाँ फिचर ल्याउने भएको छ । अंग्रेजी बोल्ने सीप सुधार गर्न गुगलले 'स्पिकिङ प्राक्टिक्स' नामक फिचर ल्याउन लागेको हो । 

टेक क्रन्चका अनुसार यस फिचरमा प्रयोगकर्ताले एआई एकीकृत गरिएको ‘ल्याङ्ग्वेज लर्निङ एक्सरसाइज’मा भाग लिन सक्छन् । जुन कुराकानीमा आधारमा हुने बताइएको छ ।

बहुभाषिक देशहरूमा आफ्नो अंग्रेजी बोल्ने सीप सुधार गर्न चाहने मानिसका लागि यस्तो फिचर उपयोगी हुने बताइएको छ । यसमा प्रयोगकर्ताले अझ आकर्षक तरिकाले अंग्रेजी सिक्न मद्दत गर्न यथार्थपरक संवादहरू प्रयोग गरिन्छ । जस्तै; एपले प्रयोगकर्तालाई 'स्वस्थ रहन केके गर्नु पर्ला ?' भनेर प्रश्न गर्नेछ । त्यसपछि प्रयोगकर्ताले यसको जवाफ दिनुपर्ने छ । उक्त जवाफका क्रममा प्रयोगकर्ताले निश्चित शब्द संलग्न गर्नुपर्ने छ । यसले प्रयोगकर्तालाई बोल्न अभ्यास हुने बताइएको छ । 

हाल यो फिचर अर्जेन्टिना, कोलम्बिया, भारत, इन्डोनोसिया, मेक्सिकाे र भेनेजुएला गरी छ देशमा मात्र उपलब्ध छ । त्यहाँका प्रयोगकर्ताले यो फिचर गुगल सर्च ल्याब्समा फेला पार्न सक्छन् ।

भाषा सुधारमा गुगलले चालेको यो पहिलो कदम भने होइन । यसअघि पनि गुगलले भाषासम्बन्धी विभिन्न टुल ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८१ ८:५२