close

यस्ता छन् पछिल्लो साता सार्वजनिक भएका नयाँ स्मार्टफोन

टेकपाना टेकपाना

असोज ११, २०७७ ११:४९

यस्ता छन् पछिल्लो साता सार्वजनिक भएका नयाँ स्मार्टफोन

काठमाडौं । पछिल्लो हप्ता विश्व बजारमा केही नयाँ स्मार्टफोन सार्वजनिक भए । वानप्लस एट सिरिज, एमआई टेन र अन्य कम्पनीका मिडरेन्ज स्मार्टफोनको बजार चिर्न दक्षिण कोरियाली कम्पनी सामसङले एस ट्वान्टी फ्यान एडिसन ल्यायो ।

त्यस्तै साओमी अन्तर्गत सञ्चालन भइरहेको पोकोले गेमिङका लागि लक्षित गर्दै बजेट फाेन, पोको एक्स थ्री बजारमा ल्याएकाे छ । मोटोरोलाले पनि यही हप्ता एन्ट्री लेभलकाे बजेट फोन ल्यायाे ।

रियल्मीले पहिलो पटक नार्जो सिरिजमा तीन नयाँ स्मार्टफोनको घोषणा गर्‍यो । नोकियाले पनि यसै हप्ता २ वटा नयाँ बजेट फोन नाेकिया २.४ र ३.४ को घोषणा गरेको छ ।

सामसङ ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसन

Samsung Galaxy S20 FE brings some flagship specs

दक्षिण कोरियाली कम्पनी सामसङले सस्तो फ्ल्यागशिप मोडलको रुपमा सार्वजनिक गरेको ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसन स्मार्टफोन यसअघिको सामसङ ग्यालेक्सी एस ट्वान्टी जस्तै देखिन्छ ।

छ वटा भिन्न कलरमा आएको यो स्मार्टफोनको मूल्य ६९९ अमेरिकी डलर (८२ हजार रुपैयाँभन्दा बढी) राखिएको छ ।

यसमा ६।५ इञ्चको डिस्प्ले राखिएको छ, जुन ग्यालेक्सी एस ट्वान्टीभन्दा सानो तथा एस ट्वान्टी प्लसभन्दा ठूलो हो । ती फोनमा जस्तै एफईमा पनि १२० हर्ज रिफ्रेश रेटसहितको स्मुथ एनिमेसन र ग्राफिक्स राखिएको छ ।

यसमा २५ वाट फास्ट चार्जिङ र वायरलेस चार्जिङ सहित ४५ सय एमएएचकाे ब्याट्री रहेकाे छ । वाटर रेसिस्टान्सका लागि यसमा आईपी६८ रेटिङ रहेकाे छ । फाेनमा ६/१२८ र ८/२५६ जीबीकाे भेरियन्ट रहेकाे छ ।

पाेकाे एक्स थ्री

poco x 3 specification and price

साओमी मातहतको पोको कम्पनीले एक्स सिरिजको आकर्षक स्मार्टफोन पोको एक्स थ्री सार्वजनिक गरेको छ । कम्पनीले युरोपबाट यो फोन सार्वजनिक गरेको हो ।

यसमा ६.६७ इन्चको फुल एचडी प्लस एलसीडी डट डिस्प्ले दिइएको छ, जसको रिफ्रेश रेट १२० हर्ज र टच स्याम्पलिङ रेट २४० हर्ज रहेको छ ।

यो स्मार्टफोनमा लेटेस्ट क्वालकम स्नाप ड्रागन ७३२ जी प्रोसेसरको सपोर्ट छ । पोको एक्सथ्री स्मार्टफोनमा एआई क्वाड क्यामेरा सेटअप (चार वटा क्यामेरा भएको) छ ।

जसमा ६४ मेगापिक्सेल सोनी आईएमएक्स६८२ सेन्सर, १३ मेगापिक्सेलको वाइड एंगल लेन्स र समान दुई मेगापिक्सेल भएको डेप्थ सेन्सर र म्याक्रो लेन्स राखिएको छ ।

यस बाहेक यो स्मार्टफोनमा ५,१६० एमएएचको ब्याट्री रहेको छ । जुन ३३ वाट फास्ट चार्जर र ३३ वाटकै बक्स चार्जरका साथ प्राप्त हुनेछ । 

पोको एक्सथ्री स्मार्टफोन ६ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टका साथ बजारमा आएको छ ।

यसको सुरुवाती भेरियन्टको मूल्य २२९ यूरो (करिब ३१ हजार आठ सय रुपैयाँ) र माथिल्लो भेरियन्टको मूल्य २६९ यूरो (करिब ३७ हजार दुई तन सय रुपैयाँ) 

माेटाेराेला ई सेभेन प्लस

माेटाेराेला ई सेभेन प्लसमा २०:९ आस्पेक्ट रेसियाे सहित ६.५ इन्चकाे एचडी प्लस म्याक्स भिजन एचडी डिस्प्ले रहेकाे छ ।

याे बजेट फाेनमा क्वालकमकाे स्न्यापड्रागन ४६० प्राेसेसर छ भने एड्रेना ६१० जीपीयू रहेकाे छ । फाेन ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्रन स्टाेरेजमा उपलब्ध छ ।

यसकाे पछाडि ४८ मेगापिक्सेलकाे मुख्य क्यामेरा सहित डुअल क्यामेरा सेटअप रहेकाे छ भने अगाडि ८ मेगापिक्सेलकाे क्यामेरा छ । याे फाेनमा १० वाट फास्ट चार्जिङ सहितकाे ५ हजार एमएएचकाे ब्याट्री रहेकाे छ ।

याे फाेनका मूल्य १७८ डलर अर्थात् २१,०८० रूपैयाँ ताेकिएकाे छ ।

रियल्मी नार्जाे २० सिरि

रियल्मीले नार्जाे ट्वान्टी सिरिज अन्तर्गत तीनवटा फाेन ल्याएकाे छ । यसअन्तर्गत नार्जाे ट्वान्टी ए मा क्वालकम स्न्यापड्रागन ६६५ प्राेसेसर रहेकाे छ । यसमा १० वाट चार्जिङ सहितकाे ५ हजार एमएएचकाे ब्याट्री रहेकाे छ । यसले रिभर्स चार्जिङ पनि सपाेर्ट गर्छ । यसकाे पछाडि ट्रिपल क्यामेरा सेटअप छ ।

यस्तै रियल्मी नार्जाे ट्वान्टी प्राेमा ६५ वाटकाे सुपर डार्ट चार्ज रहेकाे छ, जसमार्फत ३८ मिनेटमै ब्याट्री फुल चार्ज गर्न सकिन्छ । गेमिङका लागि फाेकस गरिएकाे फाेनमा मेडियाटेक हेलयाे जी९५ प्राेसेसर दिइएकाे छ ।

९० हर्ज रिफ्रेश रेट सहित ६.५ इन्चकाे फुल एचडी प्लस डिस्प्ले छ । माेबाइलकाे फ्रन्टमा १६ मेगापिक्सेलकाे पन्च हाेल क्यामेरा रहेकाे छ । यसकाे पछाडि क्वाड क्यामेरा सेटअप छ । जसमा मुख्य क्यामेरा ४८ मेगापिक्सेलकाे रहेकाे छ ।

त्यस्तै रियल्मी नार्जाे ट्वान्टीमा ६ हजार एमएएचकाे ब्याट्री रहेकाे छ । गेमिङका लागि हेलियाे जी८५ प्राेसेसर छ भने ४८ मेगापिक्सेलकाे एआई प्राइभेरी क्यामेरा सहितकाे ट्रिपल क्यामेरा सेटअप छ ।

यसमा १८ वाटकाे फास्ट चार्जिङ र रिभर्स चार्जिङ छ । यसमा पनि ११९ डिग्रीकाे अल्ट्रा वाइड एंगल लेन्स र एउटा म्याक्राे लेन्स रहेकाे छ ।

नाेकिया २.४ र ३.४

नाेकिया २.४ मा ६.५ इन्चकाे एचडी स्क्रिन रहेकाे छ भने मेडियाटेक पी२२ प्राेसेसर छ । यसमा ३ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टाेरेज रहेकाे छ ।

एन्ड्राेइड टेन अपरेटिङ सिस्टम रहेकाे फाेनकाे पछाडि १३ मेगापिक्सेल र २ मेगापिक्सेलकाे डुअल क्यामेरा रहेकाे छ भने ५ मेगापिक्सेलकाे फ्रन्ट क्यामेरा छ । यसमा ४५ सय एमएएचकाे ब्याट्री रहेकाे छ ।

अर्काेतर्फ नाेकिया ३.४ मा क्वालकम स्न्यापड्रागन ४६० प्राेसेसर प्रयाेग गरिएकाे छ । यसमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टाेरेज रहेकाे छ ।

याे फाेन ६.३९ इन्च एचडी प्लस पन्च हाेल डिस्प्ले छ । यसकाे पछाडि १३, २ र ५ मेगापिक्सेलकाे ट्रिपल क्यामेरा सेटअप छ । साथै फ्रन्टमा ८ मेगापिक्सेल स्न्यापर छ ।

साथै फाेनमा ४ हजार एमएएचकाे ब्याट्री क्षमता छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०