close

एप्पलले आईफोन १५ प्रो म्याक्समा म्युट बटन हटाउने पक्का

टेकपाना टेकपाना

असार ११, २०८० ९:३९

एप्पलले आईफोन १५ प्रो म्याक्समा म्युट बटन हटाउने पक्का

काठमाडौं । आईफोन १५ सिरिजका स्मार्टफोनहरू सार्वजनिक हुने तयारीमा छन् । यसैबीच यस सिरिजका स्मार्टफोनहरूको विभिन्न विवरण बाहिर आउने क्रम जारी छ । 

हालै बाहिरिएको एउटा जानकारीले आईफोन १५ प्रो म्याक्समा म्युट बटन नहुने पक्का गरेको छ । एप्पल डिभाइसको भित्री कुराहरू बाहिर ल्याउने व्यक्ति माजिन बुले यो जानकारी बाहिर ल्याएको हो । 

यस विषयमा पहिले पनि चर्चा चलेको थियो । माजिनले भने यो चर्चालाई पक्का गरेको छ । उनले सामाजिक सञ्जालमा आईफोन १५ प्रो म्याक्सको प्रोटेक्टिभ केसको तस्वीर शेयर गरेका छन् ।

जसमा म्युट बटनको लागि कुनै स्थान छैन । म्युट बटन हुने स्थानमा कस्टम बटन राख्नको लागि स्थान बनाइएको बताइएको छ । 

यसको अर्थ हो एप्पलले आईफोन १५ प्रो म्याक्सबाट म्युट बटन हटाउने पक्का भएको छ । कम्पनीले पछिल्ला १६ वर्षसम्म म्युट कि उपलब्ध गराउँदै आएको थियो । 

यसका साथै आईफोन १५ सिरिजमा प्रो म्याक्स सबैभन्दा महँगो फोन हुनेछ । यसको मूल्य १८ सय डलर (दुई लाख ३५ हजार रूपैयाँ बढी) पर्ने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असार ११, २०८० १२:४८