close

नेपाली बजारमा भोलिदेखि बिक्री हुँदै आईफोन १५ सिरिज, कुन मोडेलको मूल्य कति ?

टेकपाना टेकपाना

असोज २५, २०८० १४:३२

नेपाली बजारमा भोलिदेखि बिक्री हुँदै आईफोन १५ सिरिज, कुन मोडेलको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा भाेलि शुक्रबारदेखि आईफोन १५ सिरिज बिक्री हुने भएकाे छ । यसअन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स उपलब्ध हुनेछन् ।

आईफोन १५ अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ५७ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको एक लाख ७६ हजार र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख १४ हजार रुपैयाँ ताेकिएको छ ।

त्यस्तै आईफोन १५ प्लस अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ७६ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको एक लाख ९५ हजार र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ३३ हजार रुपैयाँ रहेको छ ।

यसैगरी आईफोन १५ प्रो अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ९५ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको दुई लाख १४ हजार, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ५३ हजार र १ टीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख ९० हजार रुपैयाँ रहेको छ ।

आईफोन १५ प्रो म्याक्स अन्तर्गत २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख ३३ हजार रुपैयाँ, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ७१ हजार र १ टीबी स्टोरेज भेरियन्टको मूल्य तीन लाख ९५०० रुपैयाँ रहेको छ ।

यी मोडेल खरिदमा एक वर्षको एप्पल वारेन्टी र थप एक वर्ष वारेन्टी हुनेछ । त्यस्तै पहिलो वर्षका लागि एक पकट स्क्रिन रिप्लेसमेन्ट गर्ने सुविधा रहेको वितरकले जनाएका छन् ।

नेपाली बजारमा ईभोस्टोर, जेनेरेसन नेक्स्ट र ओलिज स्टोरमार्फत आईफोन बिक्री वितरण हुँदै आएको छ । यसअन्तर्गत जेनेरेसन नेक्स्टले एभरेष्ट बैंक, एनआईएमबी बैंक र ग्लोबल आईएमई बैंकसँग सहकार्य गरेर प्रयोगकर्तालाई शून्य डाउनपेमेन्ट तथा किस्ताबन्दीमा फोन उपलब्ध गराउने घोषणा गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८० १९:२२