close

कसरी गर्ने मोबाइलको आईएमईआई दर्ता ?

टेकपाना टेकपाना

भदौ १३, २०७८ २२:२६

कसरी गर्ने मोबाइलको आईएमईआई दर्ता ?

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ देखि माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेकाे छ । तर हालसम्म आईएमईआई दर्ताभन्दा बाहेक अन्य काम सुरू हुन सकेको छैन ।

सर्भर सिस्टम तयार नभएको, कतिपय सामान अझै विदेशबाट आउनै बाँकी रहेकाले आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने बनाउन सक्नेगरी सिस्टमले काम गरेको छैन ।

केही समयअघि बसेकाे दूरसञ्चार प्राधिकरण, भन्सार विभाग, मोबाइल आयात संघका प्रतिनिधिसहितको बैठकले एमडीएमएस अन्तर्गत आयात मोडल (मोबाइल आयातकर्ताको सिस्टममा पाउने पहुँचको विषय) यही भदाै १५ गतेभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

यसका साथै बैठकले एमडीएमएसको सर्भर व्यवस्थापन लगायत सबै कार्य सम्पन्न गरी मोबाइलको आईएमईआई नम्बर दर्ता नभएका प्रयोगकर्तालाई दुई महिनाभित्र दर्ता गराउन एसएमएसमार्फत जानकारी गराउन समेत निर्देशन दिएको छ ।

यदि सो समयभित्र मोबाइलको आईएमईआई दर्ता नगराइएमा त्यस्ता मोबाइल सेटमा प्रयोग गरिने सिमकार्ड प्रयोग नहुने प्रणालीलाई समेत कार्यान्वयनमा ल्याउने तयारी गरिएकाे छ ।

कसरी गर्ने आईएमईआई दर्ता

याे पनि पढ्नुहाेस्

नेपालमै किनेको फोनको समेत देखिँदैन आईएमईआई दर्ता, के त्यस्तो मोबाइल पनि बन्द हुन्छ ?

विदेशबाट नेपालमा मोबाइल दर्ता गर्न मिल्छ कि मिल्दैन ?

एमडीएमएसका कारण मोबाइल व्यवसायी उत्साहित

कस्ता मोबाइल बन्द हुँदै छन् ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१