यस्तो छ नेपाली बजारमा नोकिया मोबाइलको पछिल्लो मूल्य सूची टेकपाना मंगलवार, फाल्गुन ११, २०७७ १७:३१ काठमाडौं । फिचर फोनमा कुनै बेला विश्व बजारमा आधिपत्य जमाएको नोकिया पछिल्लो समय स्मार्टफोनबाट आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ । यसका लागि नोकिया निर्माता एचएमडी ग्लोबलले प्रतिस्पर्धी बजारमा नोकियाका नयाँ स्मार्टफोन ल्याइरहेको छ । नेपाली बजारमा नोकिया ब्राण्डका फिचर फोनदेखि स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत १,८९९ रुपैयाँदेखि ६,०९५ रुपैयाँसम्मका फिचर फोन बजारमा उपलब्ध छ । कम्पनीले प्रत्येक फिचर फोनमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी प्रदान गरेको छ । त्यस्तै स्मार्टफोन अन्तर्गत नेपाली बजारमा ७,१९९ रुपैयाँदेखि ३३,९९९ रुपैयासम्मका फोन उपलब्ध छन् । यस्ताे छ नाेकियाका स्मार्टफाेनकाे नयाँ मूल्य सूची ModelPrice Rs.Nokia C1 (1GB+16GB)7,199/-Nokia – C1 Plus (1GB+16GB)8,399Nokia C2 (1GB+16GB)9,299/-Nokia 2.2 (2GB/16GB)9,499/-Nokia C3 (2GB/16GB)12,499/-Nokia 2.3 (2GB/32GB)13,499/-Nokia 2.4 (2GB/32GB)12,999Nokia 3.4 (3GB+64GB)15,999Nokia 5.3 (3GB/64GB)21,000/-Nokia 5.3 (4GB/64GB)23,499/-Nokia 7.2 (4GB/64GB)33,999/- Nokia-Pricelist-04-01-2021