close

अब हाम्रो पात्रो स्थानीय सहित ७ भाषामा

टेकपाना टेकपाना

पुस ९, २०७६ ११:४८

अब हाम्रो पात्रो स्थानीय सहित ७ भाषामा

हाम्रो पात्रोले भाषाको दायरा विस्तार गरेको छ । सेवा विस्तारको क्रममा स्थानीय भाषा पनि समेट्दै लैजाने योजना अनुसार पछिल्लो समय बज्जिका र डोटेली भाषालाई थप गरिएको हो ।

योसँगै हाम्रो पात्रो विभिन्न सात भाषामा उपलब्ध भएको छ । जसमा नेपाली, नेवारी, भोजपुरी, मैथिली, डोटेली, बज्जिका र अग्रेंजी रहेको छ । नेपाली र अंग्रेजी भाषामा शुरु भएको हाम्रो पात्रो यसअघि पाँच भाषामा मात्रै उपलब्ध रहेको थियो । त्यसमा कम्पनीले बज्जिका र डोटेली भाषालाई भर्खरैमात्र समेटेको हो ।

त्यसमध्ये डोटेली भाषा मदन खडायतले अनुवाद गरेका हुन्, भने बज्जिका भाषामा संजय मित्र र त्रिपुरारी गुप्ताले सघाएका छन् । कम्पनीका अनुसार बज्जिका भाषा अनुवाद गर्ने संजय मित्र, बज्जिका भाषाका अभियन्ता एवं साहित्यकार समेत हुन् ।

त्यस्तै त्रिपुरारी गुप्ता रौतहटको गौरमा रहेर सक्रिय पत्रकारीता गर्दै आएका छन् । डोटेली भाषा अनुवादक मदन खडायत भने डोटेली भाषाका अभियान्ता हुन् । समाजशास्त्रमा स्नातक खडायत भाषा अनुवाद, ग्राफिक डिजाइन तथा भिडियो सम्पादनमा समेत पोख्त छन् ।

आफ्नो भाषामा हाम्रो पात्रो प्रयोग गर्न सुरुमा एप्लिकेशन खोल्नुहोस् । त्यसपश्चात एपको देब्रे छेउको माथिल्लो भागमा रहेको तीन धर्केमा क्लिक गर्नुहोस् र त्यहाँ उपलब्ध भाषालाई विकल्पको रुपमा दिइएको पाउनु हुनेछ । जसबाट त्यहाँ रहेका मध्ये कुनै पनि भाषा भाषा छनोट गरी हाम्रो पात्रो प्रयोग गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१