काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी प्रोटोन 'ई मास ५' नेपाली बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो 'रियर-ह्विल-ड्राइभ' कम्प्याक्ट इल...
