close

आफ्नै ब्राण्डमा डेस्कटप कम्प्युटर सार्वजनिक गर्दै ह्वावे

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ ९:५२

आफ्नै ब्राण्डमा डेस्कटप कम्प्युटर सार्वजनिक गर्दै ह्वावे

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो व्यवसायलाई निरन्तरता दिन नयाँ रणनीतिमा काम गरिरहेको छ । यसैबीच कम्पनीले नाेभेम्बर महिनाकाे अन्त्यतिर बजारमा नयाँ उपकरण ल्याउने तयारी गर्दैछ ।

यो नयाँ उपकरण डेस्कटप कम्प्युटर हुने समाचार अन्तर्राष्ट्रिय मिडियाले प्रकाशित गरेका छन् । अमेरिकी प्रतिबन्धसँगै साओमी पीसी मनिटर बजारमा प्रवेश गरिसकेकाे छ । अर्को ठूलो ग्लोबल टेक कम्पनी ह्वावे पनि पीसीको बजारमा आउँदै छ ।

रिपोर्ट अनुसार ह्वावेले ल्याउने डेस्कटप कम्प्युटर कम्पनीको आफ्नै कुनपेग ९२० चिपसेटद्वारा सञ्चालित हुनेछ भने एएमडीकाे पछिल्लाे ग्राफिक्स प्रोसेसर हुनेछ ।

याे डिभाइसमा २३.८ इन्च डिस्प्ले रहनेछ, जुन मुख्य गरी बिजनेश प्रयाेगकर्ताका लागि लक्षित हुनेछ । याे डिभाइसमा ८ जिबी (२६६६ डिडिआरडी) र्‍याम र २५६ जीबी एसएसडी स्टोरेज रहने बताइएकाे छ ।

योसँगै अप्टिकल ड्राइभ, कीबोर्ड, माउस, १८० वाट पावर सप्लाइ र कम्पनीको आफ्नै काइलिन अपरेटिङ सिस्टम हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०