close

इन्टरनेट सेवा बन्द हुन नदिन क्यानको अपील, तत्काल वार्ता थाल्न आग्रह

टेकपाना टेकपाना

बैशाख १८, २०७९ १६:३८

इन्टरनेट सेवा बन्द हुन नदिन क्यानको अपील, तत्काल वार्ता थाल्न आग्रह

काठमाडौं । इन्टरनेट सेवा अवरुद्ध हुने विषयलाई लिएर कम्प्युटर अशाेसियसन नेपाल (क्यान) महासंघले चिन्ता व्यक्त गरेकाे छ ।

हालै इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) ले देशभर इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएपछि महासंघले यसप्रति चासो देखाउँदै एक विज्ञप्ति जारी गरेको छ ।

‘इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायबीच बुझाइमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न ढिला हुनाका कारण इन्टरनेट सेवा बाधित हुनसक्नेप्रति महासंघ चिन्ता व्यक्त गर्दछ,’ महासंघकाे विज्ञप्तिमा उल्लेख छ ।

साथै समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई जिम्मेवारीपूर्वक यथाशीघ्र वार्ता एवं छलफल गर्न महासंघले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२