close

खल्तीबाट ल्यान्डलाइन बिल भुक्तानी गर्दा ५० प्रतिशत क्याशब्याक

टेकपाना टेकपाना

बैशाख २७, २०७९ १८:१७

खल्तीबाट ल्यान्डलाइन बिल भुक्तानी गर्दा ५० प्रतिशत क्याशब्याक

काठमाडौं । खल्ती डिजिटल वालेटबाट ल्यान्डलाइन बिल भुक्तानी गर्दा ५० प्रतिशत क्याशब्याक पाइने भएको छ ।

कम्पनीले भोलि बुधबार एक दिनका लागि यो क्याशब्याक अफर ल्याएको हो ।

यसअन्तर्गत खल्ती प्रयोगकर्ताले प्रोमोकोड ‘TRINGTRING’ प्रयोग गरी ल्यान्डलाइन बिल भुक्तानी गर्दा ५० प्रतिशत (दुई सय रूपैयाँसम्म) पाउनसक्नेछन् ।

कम्पनीका अनुसार पहिलो २०० प्रयोगकर्तामात्र यो योजनामा सहभागी हुन पाउनेछन् ।

यसका लागि प्रयोगकर्ताले केवाईसी भेरिफाइ भने गरेको हुनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२