close

यसरी हेर्नुहोस् मतगणनाको लाइभ अपडेट

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ १५:२०

यसरी हेर्नुहोस् मतगणनाको लाइभ अपडेट

काठमाडौं । देशभर स्थानीय चुनावको मतगणना जारी छ । अधिकांश पालिकाहरूको मतगणना सुरु भइसकेको छ भने केही पालिकाको मतगणना सुरु हुने क्रममा छ ।

देशभर कुन जिल्लाको कुन स्थानीय तहको मतगणनाको परिणाम कति पुग्यो भनेर हेर्नको लागि निर्वाचन आयोग नेपालले अनलाइनबाट परिणाम हेर्ने व्यवस्था गरेको छ ।

अनलाइनमा मतपरिणाम हेर्नको लागि निर्वाचन आयोगको यस लिंकमा क्लिक गर्नुहोस् ।

यसपछि नेपालको नक्सामा सात प्रदेशको नाम देख्न सक्नुहुनेछ ।

आफूले मत परिणाम हेर्न चाहेको प्रदेशको नक्समा क्लिक गर्नुहोस् ।

प्रदेश नक्सामा क्लिक गरिसकेपछि आफूले चाहेको जिल्लाको नक्सामा क्लिक गर्नुहोस् र उक्त जिल्ला अन्तर्गतको पालिकाको नक्सामा क्लिक गरेर मेयर/प्रमुखदेखि वडासदस्य उम्मेदवारहरूकाे आधिकारिक मतपरिणाम हेर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२