close

आउँदो बिहीबार सार्वजनिक हुँदै मेटाको 'थ्रेड्स' एप, ट्वीटरलाई धक्का दिने अनुमान

टेकपाना टेकपाना

असार १९, २०८० १२:३१

आउँदो बिहीबार सार्वजनिक हुँदै मेटाको 'थ्रेड्स' एप, ट्वीटरलाई धक्का दिने अनुमान

काठमाडौं । मेटाले सामाजिक सञ्जालको नयाँ प्लेटफर्म 'थ्रेड्स' सार्वजनिक गर्ने तयारी गरेकाे छ । आउँदो बिहीबारदेखि एन्ड्राेइड र आईओएस प्रयोगकर्ताले यो एप  प्रयोग गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

यसअघि एप्पल प्रयोगकर्ताको एपस्टोरमा प्रि-अर्डरको रुपमा यो एप उपलब्ध भइसकेको छ । यद्यपि प्रयोगकर्ताले यसको प्रयोग भने बिहीबारबाट मात्र गर्न पाउनेछन् ।  

थ्रेड्स ट्वीटर जस्तै हुने बताइएको छ । मेटाले भने यो प्लेटफर्मलाई माइक्रोब्लगिङ प्लेटफर्मको रुपमा चिनाएको छ । टेक्स्टमा आधारित उक्त एपको केही भाग इन्स्टाग्राममा इन्ट्रिगेट हुनेछ भने एपको पूर्ण संस्करण छुट्टै एपमा पाउन सकिनेछ

एप सार्वजनिक भएपछि इन्स्टाग्रामका प्रयोगकर्ताले इन्स्टाग्रामको ह्यान्डल र भेरिफिकेसन प्रयोग गरेर नयाँ प्लेटफर्मको अकाउन्ट बनाउन सक्नेछन् । त्यसपछि इन्स्टाग्रामबाट फलोअरलाई नयाँ प्लेटफर्ममा फलो गर्न नोटिफिकेसन पठाउनसक्ने कम्पनीले जनाएको छ ।

बाहिरिएका विभिन्न तस्वीर र जानकारी अनुसार थ्रेड्सको डिजाइन तथा ड्यासबोर्ड हुबहु ट्वीटरको जस्तै देखिन्छ । ट्वीटरका मालिक एलन मस्क र मेटाका मालिक मार्क जुकर्बगबीचको विवादले चर्चा पाइरहेको अवस्थामा कम्पनीले यो प्लेटफर्म ल्याउन लागेकाे हाे ।

पछिल्लो अध्यावधिक: असार १९, २०८० १३:०