close

फेसबुकको माउ कम्पनी मेटाले ल्यायो कोड लेखिदिने एआई टुल

टेकपाना टेकपाना

भदौ १०, २०८० १८:२३

फेसबुकको माउ कम्पनी मेटाले ल्यायो कोड लेखिदिने एआई टुल

काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाले आफ्नो लामा टू (Llama 2) नामक लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) मा आधारित एआई टुल कोड लामा (Code Llama) सार्वजनिक गरेको छ । कोडमा भएको गल्ती सुधार गर्ने, कोड लेख्न सहयोग गर्ने उद्देश्यका साथ मेटाले यो टुल ल्याएको हो ।

लामा टुलको लाइसेन्स प्रयोग गरेर यो टुललाई अध्ययन, अनुसन्धान तथा व्यापारिक प्रयोजनका लागि निःशुल्क उपलब्ध गराउने मेटाले जनाएको छ । यसमा प्रयोगकर्ताले लेख्ने प्रोम्टको आधारमा कोड स्ट्रिङ (Code Strings) सिर्जना गर्ने, कोड डिबग गर्ने जस्ता क्षमता छ । मेटाले 'कोड लामा पाइथन' र 'कोड लामा इन्स्ट्रक्ट' गरी यसको स्पेसलाइज्ड भर्सन सार्वजनिक गरेको छ । कोड लामा इन्स्ट्रक्टले नेचुरल ल्याङ्ग्वेजमा इन्स्ट्रक्सनहरू बुझ्न सक्ने तर यी भर्सन बीच स्विच गर्न नसकिने मेटाको भनाइ छ । 

यो टुलले डेभलपरहरूको क्षमता वृद्धि गर्न‍े र उनीहरूको कामलाई थप ‍ प्रभावकारी बनाउन भूमिका खेल्ने मेटाको विश्वास छ । कोड लामाले सार्वजनिक रूपमा उपलब्ध गराएको एलएलएममा बेन्चमार्क परीक्षण गर्दा उत्कृष्ट प्रदर्शन गरेको मेटाले दाबी गरेको छ । 

त्यस्तै तीन फरक आकारमा कोड लामा ल्याउने पनि मेटाले जनाएको छ । मेटाका अनुसार ससाना तथा छिटो सक्नु पर्ने परियोजनाका लागि सबैभन्दा सानो मोडेल हुनेछ भने यो एउटा ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) मा चल्नेछ ।  

पछिल्लो समय यस्ता कोड जेनेरेटर विकास गर्ने लहर चल्दै गएको छ । गिटहबको कोपाइलट, अमेजनको कोड विस्पर, गुगलको अल्फाकोड त्यसका केही उदाहरण हुन् । मेटाको कोड लामाबारे थप बुझ्न भने यहाँ क्लिक गर्न कस्नु हुनेछ ।

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० १८:२३