close

आईफोन १५ प्रो किन्ने कि आईफोन १४ प्रो मै चित्त बुझाउने ?

टेकपाना टेकपाना

भदौ २९, २०८० १३:४८

आईफोन १५ प्रो किन्ने कि आईफोन १४ प्रो मै चित्त बुझाउने ?

काठमाडौं । एप्पलले यो वर्षको आफ्नो वार्षिक कार्यक्रममा आईफोन १५ सिरिज घोषणा गर्‍याे । जसमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स रहेका छन् । यदि तपाईंले आईफोन १५ प्रोमा आँखा लगाइरहनु भएको छ भने याे लेख उपयाेगी हुनसक्छ ।

प्रो मोडेल हुनासाथ ब्याट्री लाइफ, क्यामेराको गुणस्तर र प्रोसेसरको क्षमतामा वृद्धि भएको हुनुपर्छ । गत वर्षको आईफोन १४ प्रो र यस पटकको १५ प्रोमा केही मात्र भिन्नता छन् । जस्तो; आईफोन १४ प्रोभन्दा आईफोन १५ प्रो ९ प्रतिशत हलुङ्गो छ ।

आईफोन १५ प्रोमा ए१७ प्रो (A17 pro) चिप पहिलो पटक हालिएको छ । ​एप्पलका अनुसार यो सबैभन्दा शक्तिशाली चिप हो । त्यस्तै आईफोन १५ का सबै मोडेल टाइटानियमबाट बनेका छन् ।

आईफोन १४ प्रो र आईफोन १५ प्रो कुन किन्ने भनेर थाहा पाउन अगाडि यी दुईबीच भिन्नता हेरौं:
 

 

आईफोन १४ प्रो

आईफोन १५ प्रो

डिस्प्ले

६.१ इन्च (१२० हर्ज रिफ्रेस रेट भएको ओलेड (OLED) ) 

६.१ इन्च (१२० हर्ज रिफ्रेस रेट भएको ओलेड) 

तौल

२०६ ग्राम

१८७ ग्राम

प्रोसेसर 

ए१६ बायोनिक चिप

ए१७ प्रो चिप

र्‍याम/स्टोरेज

६ जीबी र १२८ जीबी/२५६ जीबी/ ५१२ जीबी/१ टीबी

८ जीबी र १२८ जीबी/ २५६ जीबी/ ५१२ जीबी/१ टीबी

ब्याट्री

३२०० एमएएच र २० वाटको चार्जिङ

३६५० एमएएच र २० वाटको चार्जिङ

क्यामेरा

मुख्य क्यामेरा ४८ एमपी, अल्ट्रावाइड १२ एमपी, टेलिफोटो १२ एमपी र फ्रन्ट १२ एमपी

मुख्य क्यामेरा ४८ एमपी, अल्ट्रावाइड १२ एमपी, टेलिफोटो १२ एमपी, टेलिफोटो १२ एमपी (तीन गुणा) र फ्रन्ट १२ एमपी

कनेक्टिभीटी 

फाइभजी 

फाइभजी

मूल्य

७९९ डलर (करिब एक लाख सात हजार रुपैयाँ)बाट सुरु

९९९ डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) बाट सुरु

आईफोन १४ प्रो किन किन्ने ?

-सस्तो विकल्प 

एप्पलले आईफोन १५ को लाइनअप घोषणा गर्नासाथ आईफोन १४ को मूल्य तल झर्‍याे । यसो हुँदा नयाँ आईफोन १५ का मोडेलहरू भन्दा आईफोन १४ का मोडेलहरू केही सस्तो हुन सक्छ ।

यदि तपाईं आईफोन १५ प्रोमा भएका धेरै फिचरहरू भएको उस्तै फोन किन्न चाहनुहुन्छ भने आईफोन १४ प्रो तपाईंको विकल्प हुन सक्छ । चिप र केही कुरामा गरिएको सुधार बाहेक आईफोन १४ प्रो र आईफोन १५ प्रोमा त्यस्तो खासै केही विभिन्न छैन ।

अब त आईफोन १४ प्रोको पनि मूल्य कम छ । यसकारण आईफोनमा राम्रो, तर सस्तो विकल्प खोजिरहनु भएको छ भने आईफोन १४ प्रो तपाईंका लागि विकल्प हुन सक्छ ।

-लाइट्निङ केबल

एप्पलले औपचारिक रुपमा लाइट्निङ केबल हटाएर आईफोन १५ का सबै मोडेलहरूमा यूएसबी-सी पोर्ट राखेको छ । अमेरिकाभन्दा बाहिरका प्रयोगकर्ताका लागि आईफोनहरूमा टाइप-सी पोर्ट हुनु निकै महत्त्वपूर्ण छ ।

यद्यपि युरोपियन संघले सबै विद्युतीय उपकरणहरूमा यूएसबी-सी अनिवार्य गर्न यस्तो नियम ल्याएकाले एप्पलले यसो गरेको हो । तर तपाईं अझै पनि लाइट्निङ केबल चाहनुहुन्छ भने आईफोन १४ प्रो रोजाइ हुन सक्छ । 

-सुनौलो रङ

एप्पलले सन् २०२३ मा पहिलो पटक सुनौलो (गोल्ड) रङमा आईफोन सार्वजनिक गरेको थियो । एसियाली ग्राहकलाई लक्षित गर्दै एप्पलले आईफोन फाइभमा यो रङ प्रयोग गरिएको थियो । तर पछि एप्पलले ‘प्लस’ र ‘प्रो’ मोडेलमा मात्रै यो रङ उपलब्ध गराउन थाल्यो ।

अहिले आईफोन १५ प्रोमा सान्स गोल्ड सहित टाइटन ग्रे, ब्लु, सिल्भर र स्पेस  ब्ल्याकमा रङ दिएको छ । यसकारण सुनौलो रङको आईफोन चलाउन भने तपाईंले आईफोन १४ प्रो नै लिनु पर्ने हुन्छ ।

आईफोन १५ प्रो किन किन्ने ? 

-एक्सन बटन 

एप्पल वाच अल्ट्रामा पहिलो पटक एक्सन बटन हालिएको थियो । एक्सन बटनबाट कुनै एउटा निश्चित काम गर्न सकिन्छ । आईफोन १५ प्रोमा भने म्युट स्विचलाई हटाउँदै एक्सन बटन राखिएको छ।

तर यसले म्युट स्विचले जस्तै काम गर्छ । यसबाट शर्टकटहरू बनाएर एक्सन बटनबाट नै भ्वाइस मेमोज् र क्यामेरा खोल्ने जस्ता काम गर्न सकिन्छ । त्यस्तै एक्सन बटन भोल्युम अप र डाउन बटन जस्तो देखिन्छ । यदि यसको मजा उठाउन चाहनुहुन्छ भने तपाईंले आईफोन १५ प्रो किन्न सक्नुहुन्छ ।

यूएसबी-सी चार्जिङ 

यूएसबी-सी चार्जिङ प्रयोग गर्ने एप्पलको पहिलो उत्पादन आईफोन १५ मोडेलहरू हो । एप्पल बाहेकका अन्य विद्युतीय उपकरणमा यूएसबी-सी सामान्य रहेको छ ।

यदि तपाईंसँग एप्पल बाहेकका अन्य ट्याब्लेट, हेडफोन, स्मार्टवाच लगायतका विद्युतीय उपकरण छन् भने तपाईंका लागि टाइप-सी चार्जिङ सिस्टम उपयोगी हुन सक्छ ।

त्यस्तै यूएसबी-सी केबलको रङ तपाईंले खरिद गरेको आईफोनको रङसँग मिल्छ । यी कुराको अनुभव गर्न तपाईंले आईफोन १४ प्रो लिन सक्नुहुन्छ ।

राम्रो पर्फर्मेन्स

एप्पलले पुरानो आईफोनहरूको ‘प्रो’ मोडेलमा प्रिमियम फिचर ‍दिने गर्थ्यो । आईफोन १५ प्रोमा एप्पलले ए१७ प्रो चिप राखेको छ । यसले थप राम्रो र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

शक्तिशाली चिप, बढाइएको र्‍यामले आईफोन १५ प्रोको कार्यक्षमता स्वभावैले बढ्ने देखिन्छ । यदि तपाईंले फोनहरूमा यस्तो खोजिरहनु भएको छ भने आईफोन १५ प्रो किन्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८० १४:३२