close

तिहारमा इन्ड्राइभको लुट, भाडा तेब्बर बढी

टेकपाना टेकपाना

कात्तिक १८, २०८१ ११:४७

तिहारमा इन्ड्राइभको लुट, भाडा तेब्बर बढी

काठमाडौं । राइड शेयरिङ प्लेटफर्म इनड्राइभले चाडबाडको समयमा भाडा उल्लेखनीय रूपमा बढाएको पाइएको छ । अन्य समयको तुलनामा चाडबाडको बेलामा झन्डै तीन गुणासम्म भाडा बढाएको देखिएको हो ।

हाल नेपालमा सञ्चालनमा रहेका पठाओ, इनड्राइभ, टुटल, जुमजुम र इड्राइभमा भाडा दर हेर्ने हो भने सबैभन्दा महँगो इन्ड्राइभमा छ । त्यसमा पनि भाडा अन्य समयको भन्दा तीन गुणा बढाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा रहेको इन्ड्राइभको राइडर ग्रुपमा पनि यस विषयमा प्रयोगकर्ताले गुनासो गरिरहेका छन् ।

“अनि चाडबाडको बेला यात्रु मार्नै पर्ने हो ? अरुबेला ५२५ रुपैयाँ भाको भाडा अहिले १५०० बढी छ । तरिका हो ?,” एक प्रयोगकर्ताले गुनासो गरेका छन् ।

त्यस्तै आफ्नो नाम गोप्य राखेर एक राइडरले लेखेका छन्, “आज तिहारको दिन राइडरहरूलाई दशैं लागेको छ । १० किलोमिटर दूरीलाई २५०० छ इन्ड्राइभमा त्यही दूरीको पठाओमा १००० रुपैयाँ छ ।”

No description available.

यसैलाई तुलना गरी हेर्दा ७.९ किलोमिटर दूरीका लागि ट्याक्सी बुक गर्दा पठाओमा ६०६ रुपैयाँ देखाउँछ । यही दूरी इन्ड्राइभमा हेर्ने हो भने १५१५ रुपैयाँ देखाइएको छ । त्यस्तै टुटलमा हेर्ने हो ५६४ रुपैयाँ देखाइएको छ, जसमा छुटसहित ४५४ रुपैयाँमा राइड उपलब्ध गराउने भनिएको छ ।

सबैभन्दा बढी राइडर इनड्राइभमा भेटिन्छन् । चाडबाडको समयमा सस्तो भाडा अफर गर्ने प्लेटफर्ममा भरसक राइडर पाइँदैनन् । पाइए पनि धेरै समय कुर्नुपर्ने हुन्छ । बढी राइडर हुने प्लेटफर्मले यसैको फाइदा उठाएको यात्रुहरूको गुनासो छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८१ ११:५८