close

ग्लोबल कलेज अफ टेक्नोलोजी (जीसीटी) मा बेलायती स्नातक डिग्रीका लागि आवेदन माग, यसरी टिपाउनुहोस् नाम

टेकपाना टेकपाना

असार ६, २०८३ ९:३४

ग्लोबल कलेज अफ टेक्नोलोजी (जीसीटी) मा बेलायती स्नातक डिग्रीका लागि आवेदन माग, यसरी टिपाउनुहोस् नाम

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ टेक्नोलोजी (जीसीटी) ले स्नातक तहमा भर्नाका लागि आवेदन आह्वान गरेको छ । बेलायतको हडर्सफिल्ड विश्वविद्यालयसँगको ‘ट्रान्सनेसनल एजुकेसन’ (टीएनई) साझेदारीमा सञ्चालित सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा 'सेप्टेम्बर इन्टेक' का लागि भर्ना खुलेको हो ।

कलेजले बीएससी (अनर्स) इन्फर्मेसन टेक्नोलोजी र बीएससी (अनर्स) कम्प्युटर साइन्स कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिन लागेको छ । कम्प्युटर साइन्स अन्तर्गत विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सेक्युरिटी गरी दुई विशेष विधामा विशेषज्ञता हासिल गर्न सक्नेछन् ।

सिट सङ्ख्याको हकमा बीएससी (अनर्स) आईटीमा ८० र बीएससी (अनर्स) कम्प्युटर साइन्समा ८० सिट निर्धारण गरिएको छ । सिट सीमित भएकाले ‘पहिलो आउनेलाई प्राथमिकता’ का आधारमा भर्ना लिइने कलेजले जनाएको छ ।

कक्षा १२, ए लेभल वा सो सरहको शैक्षिक योग्यतामा न्यूनतम २.० सीजीपीए प्राप्त गरेका र प्रत्येक विषयमा कम्तीमा ‘डी प्लस’ ग्रेड ल्याएका विद्यार्थीहरू आवेदनका लागि योग्य हुनेछन् । इच्छुक विद्यार्थीले कलेजको आधिकारिक वेबसाइटमा रहेको ‘Apply Now’ बटनमा क्लिक गरी आफ्नो व्यक्तिगत र शैक्षिक विवरण भर्न सक्नेछन् । यहाँ क्लिक गरेर गुगल फर्ममार्फत समेत नाम टिपाउन सकिने छ । 

कस्ता छन् कार्यक्रम ?

बीएससी (अनर्स) इन इन्फर्मेसन टेक्नोलोजी अन्तर्गत विद्यार्थीहरूले कम्प्युटिङ सिस्टम, सफ्टवेयर डेभलपमेन्ट र आधुनिक प्रविधिको क्षेत्रमा दक्षता प्राप्त गर्नेछन् । 

यस्तै बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ साइबर सेक्युरिटी अन्तर्गत कम्प्युटिङ प्रणाली र डिजिटल सुरक्षाका विषयमा सिक्नेछन् भने बीएससी (अनर्स) विथ आर्टिफिसियल इन्टेलिजेन्समा मसिन लर्निङ, डिप लर्निङ, इन्टेलिजेन्ट सफ्टवेयर विकास र डेटा एनालिटिक्स जस्ता विषयवस्तु विद्यार्थीहरूले सिक्नेछन् । 

चार वर्षमा आठ सेमेस्टर अन्तर्गत अध्यापन हुने यी शैक्षिक कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारिएको छ ।

यो युरोपेली क्रेडिट ट्रान्सफर एन्ड एक्युमुलेसन सिस्टम (ECTS) अनुसार २४० क्रेडिट र त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार १२० क्रेडिट आवर बराबर हुन्छ । यसको समकक्षता निर्धारण भइसकेकाले विद्यार्थीलाई स्वदेश वा विदेशमा उच्च शिक्षा र रोजगारीका लागि सहज हुने कलेजको दाबी छ ।

के हो ग्लोबल कलेज अफ टेक्नोलोजी (जीसीटी) ?

ग्लोबल कलेज अफ टेक्नोलोजीको हिस्सा रहेको जीसीटी बेलायतको हडर्सफिल्ड विश्वविद्यालयसँगको ‘ट्रान्सनेसनल एजुकेसन’ (टीएनई) साझेदारीमार्फत सञ्चालनमा आएको हो । क्यूएस वर्ल्ड र्‍याङ्किङ २०२६ मा ५२४ औँ स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालय बेलायतको उत्कृष्ट शैक्षिक संस्थामध्ये एक मानिन्छ । उक्त विश्वविद्यालयले बेलायतमा पढाउँदै आएको पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली नेपालमा जीसीटीले उपलब्ध गराउँछ । 

जीसीटीमा भर्ना हुने विद्यार्थीले तेस्रो वर्षमा बेलायत नै गएर पढ्न चाहेमा हडर्सफिल्ड विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गर्न सक्नेछन् । तर यसका लागि विद्यार्थीले विश्वविद्यालयले तोके अनुसारको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । यसरी बेलायत जाँदा आईईएलटीएस वा पीटीई समेत गरिरहनु पर्दैन । 

पाठ्यक्रम, शुल्क संरचना, हडर्सफिल्ड विश्वविद्यालयसँगको साझेदारी सहित जीसीटीको विस्तृत जानकारी यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार ६, २०८३ १२:३