२०७९, २५ श्रावण बुधबार   |  
Wednesday 10th August 2022

विद्युतीय कारोबारमा असार मसान्तसम्म कुनै शूल्क नलाग्ने

काठमाडौं । आगामी असार मसान्तसम्म विद्युतीय भुक्तानीमा कुनै शूल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको ६५ औंं वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले जारी गरेको वक्तव्यमा विद्युतीय भुक्तानलाई थप प्रभावकारी बनाउने उल्लेख छ ।

प्रतिकूल परिस्थितिमा बढी भन्दा बढी सेवाग्राहीले विद्युतीय माध्यमबाट बैंकिङ सेवा प्राप्त गर्न सकू भन्ने उद्देश्यले विद्युतीय भुक्तानीलाई थप प्रभावकारी बनाइएको गभर्नर अधिकारीले बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण राष्ट्र बैंकले यस पटक कुनै पनि किसिमको औपचारिक समारोह आयोजना नगरेको भए पनि गभर्नर अधिकारीले वक्तव्य मार्फत नै विगत एक वर्षमा भए गरेका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेका हुन् ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकर्त कार्यविधि २०७५ मा भएको संसोधित व्यवस्था अनुसार राष्ट्र बैंकले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परीषद्‌बाट मान्यताप्रापत संस्थाबाट संस्थाबाट लिइने तालिमका लागि दुई लाख रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरेको छ ।

१६ संस्थालाई भुक्तानी सेवाप्रदायकको अनुमति

राष्ट्र बैंकले गत चैतसम्म ६ वटा विकास बैंक तथा दुई वटा वित्त कम्पनीलाई लाई मोबाइल बैंकिङ, एसएमएस बैंकिङ तथा ती दुई वटा वित्त कम्पनी डेबिट कार्ड सेवा सञ्चालनको अनुमति दिएको छ ।

यसका साथै सात वटा भुक्तानी प्रणाली सञ्चालक र नौ वटा भुक्तानी सेवाप्रदायक गरी १६ वटा संस्थालाई अनुमति प्रदान गरिएको गभर्नरको वक्तव्यमा उल्लेख छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team