close

इसेवामा देखियो भुक्तानी नहुने समस्या

टेकपाना टेकपाना

चैत ५, २०८२ १९:४४

इसेवामा देखियो भुक्तानी नहुने समस्या

काठमाडौँ । डिजिटल वालेट इसेवाको सेवामा समस्या देखिएको छ । प्रयोगकर्ताहरूले इसेवामार्फत कारोबार गर्न खोज्दा अवरोध बेहोर्नुपरेको गुनासो गरेका छन् ।

पैसा पठाउन, मोबाइल टपअप गर्न वा अन्य कुनै पनि भुक्तानी गर्न खोज्दा मोबाइल एप र वेबसाइटको स्क्रिनमा 'Service not available, please try again' (सेवा उपलब्ध छैन, कृपया फेरि प्रयास गर्नुहोस्) भन्ने सन्देश देखा परिरहेको छ ।

यो समस्याका कारण सामान्य बिल भुक्तानीदेखि मर्चेन्ट पेमेन्टसम्मका सेवा प्रभावित भएका छन् ।

सेवामा कस्तो प्रकारको समस्या आएको हो र कहिलेसम्म समाधान हुन्छ भन्नेबारे कम्पनीले कुनै आधिकारिक जानकारी दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: चैत ५, २०८२ १९:५२