close

कम्प्युटरमा क्यास फाइल डिलिट गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

जेठ २७, २०७८ १४:२०

कम्प्युटरमा क्यास फाइल डिलिट गर्ने सजिलो तरिका

काठमाडौं । ल्यापटप वा डेस्कटपमा काम गर्दै जाँदा विस्तारै डिभाइस स्लाे भएको भएको महसुस गर्नुभएकाे छ हाेला । यसका कारण धेरै हुन सक्छन् । तर, त्यसमध्ये एउटा कारण पक्कै पनि क्यास फाइल नै हो ।

क्यास फाइल तपाईंले प्रयोग गर्ने प्रोग्राम र सिस्टमले सिर्जना गर्ने टेम्पोररी फाइल हुन् । डिभाइसमा भरिएर बस्ने यस्ता फाइल डिलिट गर्ने सहज तरिका हुँदाहुँदै पनि हामीले त्यसलाई हटाउने गरेका हुन्नौं । जसले गर्दा तपाईंको कम्प्युटरको स्पेस भरिने समस्या हुन्छ । स्लो चल्न थाल्छ ।

त्यसैले समय–समयमा क्यास फाइल डिलिट गर्न आवश्यक छ । क्यास फाइल डिलिट नगर्दा तपाईंको कम्प्युटर तथा ल्यापटप स्लो हुनुका साथै अन्य विभिन्न समस्यासमेत देखा पर्न सक्छन् । त्यसैले यहाँ हामी तपाईंले विण्डाेज १० मा क्यास फाइल डिलिट गर्ने सहज तरिका सिकाउँदै छौं ।

त्योभन्दा अघि क्यास फाइल दुई प्रकारका हुन्छन भन्ने कुरा बुझ्न जरुरी छ । जसमा एउटा टेम्पोररी फाइल र अर्को फाइल एक्सप्लोरर हिस्ट्री । त्यसैले अब हामी यहाँ सुरुवातमा टेम्पोररी फाइल क्यास डिलिट गर्ने तरिका सिकाउँदै छौं ।

टेम्पोररी फाइल क्यास डिलिट गर्ने तरिका

  • स्टार्ट मेन्युमा क्लिक गर्नुहोस र ‘Disk Cleanup’ टाइप गरी सर्च गर्नुहोस् ।
  • सर्च रिजल्टमा देखाउने ‘Disk Cleanup’ मा क्लिक गर्नुहोस् ।
  • अब ड्राइभ ‘C:’ टनोट गरी ‘OK’ मा क्लिक गर्नुहोस् ।
  • त्यति गरेसँगै अब एउटा बक्स खुल्नेछ । जहाँ तपाईले धेरै अप्सनहरु देख्नुहुनेछ । त्यसमध्ये ‘Temporary files’ क्लिक गर्नुहोस् । तपाईंले अन्य फाइल पनि डिलिट गर्दा हुन्छ भने छनोट गर्न सक्नुहुनेछ । तर, त्यो तपाईंमा निर्भर हुने कुरा हो ।
cache 1
  • फाइल छनोट गरेसँगै अब तल रहेको ‘क्लिन अप सिस्टम फाइल’ मा क्लिक गर्नुहोस् र अन्त्यमा रहेको ‘OK’ मा क्लिक गर्नुहोस् ।

यती गरेसँगै तपाईंको फाइल डिलिट हुने केही समय लाग्न सक्छ । त्योसँगै तपाईंकाे टम्पोररी फाइल क्यास डिलिट हुनेछ ।

फाइल एक्सप्लोरर हिस्ट्री हटाउने तरिका
  • विण्डाेज टाक्सबारमा रहेको ‘File Explorer’ मा क्लिक गर्नुहोस् । यदी ‘File Explorer’ टास्कबारमा छैन भने तपाईंले स्टार्ट मेन्युमा क्लिक गरी ‘File Explorer’ टाइप गरी सर्च गर्न पनि सक्नुहुनेछ ।
  • अब सर्च रिजल्टमा देखाउने ‘File Explorer’ मा क्लिक गर्नुहोस् ।
  • ‘File Explorer’ खुलेसँगै अब त्यसमा माथि रहेको ‘View’ मा क्लिक गर्नुहोस् ।
cache 2
  • ‘View’ मा क्लिक गरेसँगै दायाँ साडमा तपाईंले ‘Options’ देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गर्नुहोस् ।
  • अप्सनमा क्लिक गरेसँगै एउटा बक्स खुल्नेछ । जसमा जनरल ट्याबभित्र सबैभन्दा तल रहेको ‘प्राइभेसी’ सेक्सनमा रहेको ‘Clear’ मा क्लिक गर्नुहोस् ।

यती गरेसँगै तपाईंको विण्डाेज १० मा रहेको फाइल एक्सप्लोरर हिस्ट्री सबै हट्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१