काठमाडौं । पब्जी मोबाइल साउथ एसिया फल २०२२ को पहिलो साताका सबै खेल सम्पन्न भएको छ ।
क्राफ्टन, टेन्सेन्ट गेम्स र नडविन गेमिङको संयुक्त आयोजनामा भइरहेको यो प्रतियोगितामा नेपालसहित बङ्गलादेश र मङ्गोलियाका गरी कुल २० टिम सहभागी छन् ।
नेपालबाट ज्यानमारा ई-स्पोर्ट्स, डीआरएस गेमिङ, हाइ भोल्टेज, इलिमेन्ट्रिक्स, ट्रेन टु किल, डेडआइज गाइज, रअ अफिसियलस, स्काइलाइट गेमिङ, विजेज क्लब, द एट्रयाक्स ई-स्पोर्टस र भेनम लेजेन्डले यो प्रतियोगिता खेल्दैछन् ।
पहिलो साताको खेल सकिँदा २६८ पोइन्टको साथ मङ्गोलियन पब्जी टिम गड लाइक स्टालवार्ट अङ्क तालिकाको पहिलो स्थानमा छ ।
नेपाली टिम डीआरएस २२३ पोइन्टको साथ दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा अर्को मङ्गोलियन टिम आइएचसी रहेको छ । उसले पहिलो साताको खेलबाट २१५ पोइन्ट बटुलेको छ ।
चौंथो स्थानमा रहेको नेपाली टिम हाइ भोल्टेजको २०४ र पाँचौ स्थानमा रहेको डेडआइज गाइजको १८५ पोइन्ट छ ।
यसैगरी स्काइलाइट गेमिङ, टीटूके, रअ अफिसियलस, इलिमेन्ट्रिक्स, विजेज क्लब, भेनम लेजेन्ड, ज्यानमारा ई-स्पोर्ट्स र द एट्रयाक्स ई-स्पोर्टस क्रमश सातौँ, नवौँ, १० औँ, ११ औँ, १३ औँ, १४ औँ, १५ औँ र १९ औँ स्थानमा रहेका छन् ।
पीएमपीएल फलको लिग चरणको खेल २५ अक्टोबर सम्म चल्ने छ । फाइनल भने ३० सेप्टेम्बरदेखि दुई अक्टोबरसम्म हुने तालिका रहेको छ ।
यो प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख ५० हजार डलर तोकिएको छ, जसमध्ये विजेताले १० हजार डलर, उप-विजेताले ६५०० डलर र तेस्रो हुन सफल टिमले ४५०० डलर हात पार्नेछन् ।
साथै यो प्रतियोगितामा शीर्ष १० भित्र रहन सफल हुने टिमले पीएमपीएल साउथ एसिया च्याम्पियनसिप फल २०२२ मा पनि आफ्नो स्थान बनाउने छन् ।