close

२९.९९ लाखमा ‘प्रोटोन ई मास फाइभ’ नेपाली बजारमा उपलब्ध, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

साउन ५, २०८३ १७:१६

२९.९९ लाखमा ‘प्रोटोन ई मास फाइभ’ नेपाली बजारमा उपलब्ध, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई मास फाइभ’ (e.MAS 5) औपचारिक रूपमा सार्वजनिक गरेको छ । हालै एक कार्यक्रम गर्दै जगदम्बाले २९ लाख ९९ हजार रुपैयाँ सुरुवाती मूल्यमा यो ईभी प्रस्तुत गरेको हो ।

आधुनिक सहरी जीवनशैली र दैनिक व्यवहारिकतालाई ध्यानमा राखी डिजाइन गरिएको यो कम्प्याक्ट एसयूभीले मलेसियाको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर’ को उपाधि समेत जितिसकेको कम्पनीले जानकारी दिएको छ ।

गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट जस्ता विशेषता छन् । स्टोरेजका लागि यसमा ७० लिटरको अगाडिको ट्रंक (फ्रङ्क) र ३७५ लिटरको पछाडिको लगेज स्पेससहित कुल ३२ वटा स्टोरेज कम्पार्टमेन्टहरू रहेका छन् ।

नेपाली बजारमा यो गाडी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले विशेष सुरुवाती अफर स्वरूप पहिलो १०० जना ग्राहकका लागि प्राइम भेरियन्टको मूल्य २९.९९ लाख र प्रिमियम भेरियन्टको मूल्य ३४.९९ लाख रुपैयाँ तोकेको हो ।

इच्छुक ग्राहकले देशभर रहेका प्रोटोनका शोरुमहरूमा गई यो नयाँ गाडीको अवलोकन र बुकिङ गर्न सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ १७:१६