काठमाडाैं । ललितपुर स्थित भिरिन्ची कलेजले ‘आईसीटी मेला’ को तेस्रो संस्करण आयोजना गर्ने भएकाे छ ।
माघ १३ देखि १५ गतेसम्म हुने साे मेलामा कलेजका ब्याचलर्स अफ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी (बीआईसीटी) का विद्यार्थीहरूले तयार पारेका सूचना प्रविधि सम्बन्धी सामग्रीहरू प्रदर्शनीमा राखिनेछ ।
अवलाेकनकर्ताले साे मेलामा स्मार्ट हाेम, स्मार्ट पार्किङ, हाेलाेग्राम, फेस डिटेक्सन सिस्टम, सेल्फ ब्यालेन्सिङ राेबाे जस्ता सामग्रीहरू देख्न पाउने कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आकाश सिम्खडाले जानकारी दिए ।
उनका अनुसार यस मेलामा राेबाे र्याम्प रेस र स्क्विड गेम जस्ता अन्य क्रियाकलाप पनि हुनेछन् ।
विद्यार्थीले कलेजमा प्रयोगात्मक शिक्षाका रुपमा तयार पारेका सामग्रीहरू प्रदर्शनीमा राखेर अन्य व्यक्ति समक्ष पुर्याउने उद्देश्यले कलेजले प्रत्येक वर्ष आईसीटी मेला आयोजना गर्दै आएकाे छ ।