close

फेसबुकमा केही प्रयोगकर्ताको नाममा किन देखाउँछ ‘फेसबुक युजर’ ?

टेकपाना टेकपाना

पुस २५, २०७९ ९:३७

फेसबुकमा केही प्रयोगकर्ताको नाममा किन देखाउँछ ‘फेसबुक युजर’ ?

काठमाडौं । के तपाईँले मेसेन्जर च्याट लिस्टमा केही प्रयोगकर्ताको नामको ठाउँमा फेसबुक युजर लेखेको याद गर्नु भएको छ ? यदि तपाईँले मेसेन्जर च्याट लिस्ट स्क्रोल गर्दै जानुभयो भने त्यस्ता फेसबुक युजरनेम नाम भएका र प्रोफाइल खाली भएका बढी प्रयोगकर्ता देख्न सक्नुहुन्छ । 

त्यस्तै फेसबुक मेसेन्जर ग्रुपमा पनि फेसबुक युजर लेखिएका थुप्रै प्रयोगकर्ता देख्न सकिन्छ । कहिलेकाँही सधैं कुराकानी हुने साथीलाई मेसेज गर्न खोज्दा पनि ‘फेसबुक युजर’ भनेर देख्न सकिन्छ । 

यस्तो देख्दा सबैभन्दा सुरुमा त सो साथीले आफूलाई ब्लक गरेको हो कि भन्ने सोच आउन सक्छ । तर यसका विभिन्न कारणहरू हुनसक्छन् । 

यदि तपाईँको फेसबुकमा साथी भएको व्यक्ति वा मेसेज गर्ने व्यक्तिले आफ्नो अकाउन्ट डिलिट वा डिएक्टिभेट गरेको छ भने उसको नामको ठाउँमा 'फेसबुक युजर' भने् देखाउँछ । 

कतिपय अवस्थामा फेसबुक डिसेबल पनि हुने गर्दछ । यदि उक्त अकाउन्ट इनेबल भएको छैन र लामोसमय देखि कसैले प्रयोग गरेको छैन भने पनि प्रयोगकर्ताको नामको ठाउँमा 'फेसबुक युजर' लेखिएको देख्न सकिन्छ । 

त्यस्ता प्रयोगकर्ता को हुन् भन्ने कुरा पुराना मेसेज हेरेर अनुमान लगाउन सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ ९:३७