close

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलको पहिलो दिनमा डीआरएसको सन्तोषजनक प्रदर्शन

टेकपाना टेकपाना

असार २७, २०८० १०:२०

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलको पहिलो दिनमा डीआरएसको सन्तोषजनक प्रदर्शन

काठमाडौं । करिब ४० करोड पुरस्कार राशि भएको पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा आज दोस्रो दिनको खेल हुँदैछ ।

पहिलो दिनको खेलमा नेपाली पब्जी टिम डीआरएस गेमिङले ठिकै सुरुवात गरेको थियो । 

मंगलबार भएको अलस्टार्स स्टेजको खेलमा ६ खेलबाट ३४ पोइन्ट बटुल्दै डीआरएसले प्रतियोगिताको सुरुवात गरेको हो । 

दोस्रो गेममा गेम जित्ने अवसर भए पनि भ्याम्पाएर ई-स्पोर्ट्सलाई जित्न नसक्दा चिकेन डिनर डीआरएस गेमिङको हातबाट फुत्केको हो । 

डीआरएसले २२ एलिमिनेसन र १२ पोजिसन पोइन्ट ल्याएको छ । अलस्टार्स स्टेजको पहिलो दिनको ६ खेल सकिँदा थाइल्यान्डको पब्जी टिम भ्याम्पाएर ई-स्पोर्ट्स दुई चिकेन डिनर र ४५ एलिमिनेसन पोइन्ट सहित कुल ७८ पोइन्ट ल्याएको अङ्क तालिकाको शीर्ष स्थानमा बसेको छ । 

त्यस्तै दोस्रो स्थानमा गैमिन ग्लाडिएटर्स र तेस्रो स्थानमा बिगेट्रोन रेड भिलेनस् रहेको छ । अलस्टार्स स्टेजको खेल बिहीबार सम्म चल्नेछ ।

यस स्टेजमा दिनको ६ गेमको दरले तीन दिनमा  कुल १८ टिमले १८ गेम खेल्नेछन् । जसमध्ये अङ्क तालिकामा शीर्ष ६ भित्र पर्न सफल टिमले मेन टुर्नामेन्टमा स्थान सुरक्षित गर्नेछन् । 

मेन टुर्नामेन्टको खेल १४ जुलाई देखि १६ जुलाई सम्म चल्नेछ । मेन टुर्नामेन्टको लागि करिब २६ करोड रुपैयाँ र अलस्टार्स स्टेजको लागि करिब १३ करोड रुपैयाँ पुरस्कार राशि छुट्याइएको छ ।

यो  प्रतियोगिताको लाइभ बेलुका ४:४५ बाट ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’ को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।

यस्तो छ पहिलो दिनको ओभरअल र्‍याङकिङ 

No description available.

पछिल्लो अध्यावधिक: असार २७, २०८० १०:२३