close

हट्यो ‘फेसबुक वाच’, भिडिओ ट्याबबाटै सबै किसिमका भिडिओ छुट्टाछुट्टै हेर्न सकिने

टेकपाना टेकपाना

साउन २, २०८० १२:५

हट्यो ‘फेसबुक वाच’, भिडिओ ट्याबबाटै सबै किसिमका भिडिओ छुट्टाछुट्टै हेर्न सकिने

काठमाडौं । फेसबुकले इन-एप भिडिओ सेक्सनलाई परिमार्जन गरेको छ । यसअघि ‘फेसबुक वाच’का नामबाट परिचित ट्याब परिमार्जन गरी कम्पनीले ‘भिडिओ’ ट्याब समावेश गरेको हो । 

उक्त ट्याबमा क्लिक गर्दा ‘फर यू’, ‘लाइभ’, ‘गेमिङ’, ‘रिल्स’ र ‘फलोइङ’को सेक्सन राखिएको छ । यसबाट प्रयोगकर्ताले आफूलाई इच्छा लागेका विभिन्न किसिमका भिडिओ छुट्टाछुट्टै हेर्न सक्छन् । 

पछिल्लो समय फेसबुकमा रिल्सको फिचर समावेश भएपछि सबै किसिमका भिडिओलाई छुट्टाछुट्टै सेक्सन मार्फत उपलब्ध गराउन कम्पनीले यसरी परिमार्जन गरेको जनाएको छ । 

फेसबुकले सन् २०१७ मा आफ्नो प्लेटफर्ममा ‘वाच’ सेक्सन समावेश गरेको हो । कम्पनीले विशेषगरी लामो कन्टेन्ट जस्तै टिभी शो आफ्नो प्लेटफर्ममा ल्याउनका लागि यो तरिका अपनाएको थियो । 

पछिल्लो समय छोटा भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा टिकटक उदायपछि त्यससँग प्रतिस्पर्धा गर्न कम्पनीले रिल्सको सुरुवात गर्‍यो । 

त्यस्तै मेटाले रिल्सलाई बढी प्राथमिकता दिन इन्स्टाग्रामका रिल फेसबुकमा देखिने सिस्टम ल्यायो । फेसबुकले ल्याएको भिडिओ ट्याब अधिकांश डिभाइसमा देखिन थालिसकेको छ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८० १२:५