close

पब्जी मोबाइल सुपर लिगबाट बाहिरिए ७ नेपाली टिम

टेकपाना टेकपाना

फागुन १५, २०८० १६:१२

पब्जी मोबाइल सुपर लिगबाट बाहिरिए ७ नेपाली टिम

काठमाडौं । पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ (सीएसए) २०२४ साउथ एसिया क्वालिफायरको समूह चरणको खेल सकिएको छ । याे प्रतियोगिता अन्तर्गत समूह चरणमा कूल २८ टिमले खेलेका थिए, जसमा १४ नेपाली टिम, १० मङ्गोलियन टिम र चार बङ्गलादेशी रहेका थिए ।

समूह चरणको २८ खेल सकिँदा अङ्क तालिकाको शीर्ष १६ भित्र रहेका टिमले ‘पीएमएसएल सीएसए २०२४ एसिया क्वालिफायर’को फाइनलमा स्थान बनाएका छन् । १६ टिममध्ये सात नेपाली टिम ‘ट्राइब एरोमेसी’, ‘लियो ई-स्पोर्ट्स’, ‘रअ ई-स्पोर्ट्स’, ‘एफिप्टीवान’, ‘होरा ई-स्पोर्ट्स’, ‘डीएक्सटी’ र ‘एलुमिनेट क्रु’ ले फाइनलमा स्थान बनाएका छन् ।

‘डेडआइज गाइज’, ‘टीटूके’ सँगै अन्य पाँच नेपाली टिम प्रतियोगिताबाट नै बाहिरिए ।

१३३ पोइन्ट अङ्क तालिकाको शीर्ष स्थानमा नेपाली टिम ‘ट्राइब एरोमेसी’ रहेको छ । दोस्रो र तेस्रो स्थानमा मङ्गोलियन टिम ‘स्ट्रोङ्गर ई-स्पोर्ट्स’ र ‘यति रेइन्ज’ रहेका छन् ।

प्रतियोगिताको फाइनल मार्च १ देखि ३ सम्म चल्नेछ । जसमा शीर्ष पाँचभित्र पर्ने टिमले ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ (सीएसए) २०२४’ मा स्थान बनाउनेछन् । जुन प्रतियोगितामा साउथ एसिया क्षेत्रबाट आमन्त्रित टिमको रूपमा ‘डीआरएस गेमिङ’ सहित ‘आईएचसी ई-स्पोर्ट्स’, ‘स्टलवार्ट ई-स्पोर्ट्स’ र ‘फोमिराकल भाइब्स’ले खेल्ने पक्का भइसकेको छ ।

पब्जी मोबाइलले अघिल्लो संकरणमा हुँदै आएको पब्जी मोबाइल प्रो लिगलाई परिवर्तन गर्दै ‘पब्जी मोबाइल सुपर लिग’ ल्याएको हो ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८० १६:२३