close

थाहा पाइराख्नुहोस्, मोबाइलमा जीमेल चलाउने पाँच स्मार्ट तरिका

टेकपाना टेकपाना

बैशाख २४, २०८१ १४:३८

थाहा पाइराख्नुहोस्, मोबाइलमा जीमेल चलाउने पाँच स्मार्ट तरिका

काठमाडौं । जीमेललाई प्राय: औपचारिक कामका लागि प्रयोग गर्ने गरिन्छ । यदि तपाईं पनि जीमेलको प्रयोग गरिरहनु हुन्छ भने आज हामी मोबाइल डिभाइसमा यसबाट कसरी राम्रो अनुभव पाउने त्यसको चर्चा गर्ने छौं:


१. कस्टमाइज नोटिफिकेसन 

तपाईँले पाउनु भएभरका सबै ईमेलको नोटिफिकेसन जीमेलले पठाउँछ । यो सेटिङ डिफल्ट रूपमा नै हुने गर्छ । तर कहिलेकाहीँ धेरै नोटिफिकेसन आउँदा झर्को लाग्न सक्छ । तर तपाईंले जीमेलको सेटिङबाट आफ्नो लागि महत्त्वपूर्ण ईमेलको मात्र सूचना पाउन सक्नुहुन्छ । यसका लागि तलका प्रक्रिया अपनाउनुहोस् ।

-जीमेल खोलेर सेटिङमा जानुहोस् ।  

-आफ्नो ईमेल अकाउन्ट छान्नुहोस् ।

-केही तल स्क्रोल गरेर नोटिफिकेसन सेक्सन देखिन्छ । त्यसमा भएको ‘नोटिफिकेन्स’ मा क्लिक गर्नुहोस् ।

-त्यहाँ ‘अल’ (All) , ‘हाई प्राइओरिटी ओन्ली (High Priority Only)’ र ‘नन् (None)’ भन्ने विकल्प देखा पर्छ । ती मध्ये ‘हाई प्राइओरिटी ओन्ली’ छान्नुहोस् । 

यति गरेपछि तपाईंले कम नोटिफिकेसन पाउनुहुन्छ । सम्झनु पर्ने कुरा तपाईंले गर्नु हुने अन्तरक्रियाका आधारमा जीमेलको एल्गोरिदम आफैंले कुन ईमेल एड्रेस तपाईंका लागि प्रमुख छ भन्ने थाहा पाउँछ ।

२. क्याटगोरी अनुसार ईमेलको वर्गीकरण

जीमेल प्रयोगकर्ताले विभिन्न क्याटगरी अनुसार ईमेल हेर्न सक्छन् । यसले कुन प्रकारको ईमेल हो, त्यो छुट्याउन सजिलो बनाउँछ । साथै व्यवस्थापित गरिकाले ईमेल गर्न पनि सजिलो हुन्छ । प्राइमरी, प्रोमोसन, सोसल, अपडेट जस्ता केही ईमेल क्यागरी भने बाइ डिफल्ट हुने गर्छ । प्राइमरीमा व्यक्ति व्यक्तिबीचका कुराकानी, सोसलमा सामाजिक सञ्जालका सूचना, प्रोमोस्नलमा विज्ञापनहरू देखिन्छ । तपाईं आफैंले पनि आफ्नो आवश्यकता अनुसार यस्ता क्याटगरी बनाउन सक्नुहुन्छ । जसलाई फोल्डर वा लेबलका नामले पनि चिनिन्छ ।


३. मोबाइल सिङ्नेचर 

यो भनेको ईमेल सिङ्नेचर हो । तपाईंले जीमेलको वेब राख्नु भएको सिङ्नेचरले मोबाइल एपमा काम गर्दैन । यसका लागि तपाईंले मोबाइल सिङ्नेचर इनेबल गर्नु पर्ने हुन्छ । त्यसपछि मोबाइलबाट पठाइने हरेक मेलमा तपाईंले सिङ्नेचर अट्याच हुन्छ । यसका लागि तपाईंले मोबाइल सिङ्नेचर इनेबल गर्नु पर्ने हुन्छ । त्यसपछि मोबाइलबाट पठाइने हरेक मेलमा तपाईंले सिङ्नेचर अट्याच हुन्छ । यसका लागि तलका तरिका अपनाउन सक्नुहुन्छ: 

-जीमेल खोलेर सेटिङमा जानुहोस् ।  

-आफ्नो ईमेल अकाउन्ट छान्नुहोस् ।

-स्क्रोल गरेर तल जाँदा जेनेरल (General) सेक्सन देखिन्छ । त्यसमा भएको ‘मोबाइल सिङ्नेचर’मा क्लिक गर्नुहोस् । अनि त्यहाँ आफ्नो नाम, आफू आबद्ध संस्था, फोन नम्बर,पद आदि राख्न सक्नुहुन्छ ।

४. स्मार्ट कम्पोज, स्मार्ट रिप्लाई

जीमेलमा यी दुई विकल्प अन गरिसकेपछि कुनै पनि मेल लेख्न तपाईंलाई थप सजिलो हुने छ । किनकी नाम जस्तै यिनको काम मेल लेख्दै गर्दा अथवा जवाफ दिँदा विभिन्न सुझाव दिनु हो । एक पटक यी फिचर इनेबल गरेपछि तपाईंलाई कुनै पनि मेलको खेस्रा तयार पार्न सजिलो हुने छ । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-जीमेल खोलेर सेटिङमा जानुहोस् ।  

-आफ्नो ईमेल अकाउन्ट छान्नुहोस् ।

-स्क्रोल गरेर तल जाँदा जेनेरल सेक्सन देखिन्छ । त्यसै भित्र तपाईले स्मार्ट कम्पोज, स्मार्ट रिप्लाईको विकल्प भेट्नुहुन्छ । अब ती अन छैनन्, भने अन गर्नुहोस् ।

५. आउट अफ अफिस

बिदामा बसेको समयमा पनि मेल पठाउने काम नरोकियोस् चाहनुहुन्छ, त्यसका लागि उपयोगी हुन सक्छ ईमेलको आउट अफ अफिस फिचर । यसले सेड्युल जस्तै काम गर्छ । विशेष गरेर बिदा बस्दा अथवा भविष्यमा छुटाउन नहुने महत्त्वपूर्ण मेलका लागि यो फिचर उपयोगी हुन्छ । यसका लागि तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ:

-जीमेल खोलेर सेटिङमा जानुहोस् ।  

-आफ्नो ईमेल अकाउन्ट छान्नुहोस् ।

-स्क्रोल गरेर तल जाँदा जेनेरल सेक्सन देखिन्छ । यस सेक्सनको सबैभन्दा अन्तिममा ‘आउट अफ अफिस अटो रिप्लाई’ विकल्प देखिन्छ ।

-त्यसमा क्लिक गरेर तपाईंले फर्स्ट डे, लास्ट डे, विषय, मेसेज लेख्नु पर्ने हुन्छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८१ १४:३९