close

यसरी चलाउनुहोस् कम्प्युटरबाटै आफ्नो स्मार्टफोन

टेकपाना टेकपाना

कात्तिक १३, २०८१ १४:५३

यसरी चलाउनुहोस् कम्प्युटरबाटै आफ्नो स्मार्टफोन

काठमाडौं । शीर्षक सुन्दा तपाईंलाई अचम्म लाग्यो होला । तर यो काम विन्डोज कम्प्युटरमा सम्भव छ । माइक्रोसफ्टसँग फोन र कम्प्युटर सिङ्क गर्ने फिचर भएकाले तपाईँ यो सुविधा प्रयोग गर्न सक्नुहुन्छ ।

यस फिचर प्रयोग गर्दा तपाईंले आफ्नो गोजीबाट कुनै पनि कामका लागि फोन झिकिरहन पर्दैन । फोनमा गरिने सबै काम विन्डोज कम्प्युटरमार्फत गर्न सकिन्छ । त्यसमाथि यो काम एन्ड्रोइड तथा आईफोन दुवैले सपोर्ट गर्छन् । छोटोमा बुझ्दा कम्प्युटरमा नै फोन पनि चलाउनु हो । 

विशेषगरी तपाईं लामो समयसम्म कम्प्युटरमा बस्नुहुन्छ भने यसो गर्दा प्रोडक्टिभी बढाउन उपयोगी हुन्छ ।

सुरुमा यसबारे केही जानकारी लिऔं:

-फोन र कम्प्युटर सिङ्क गर्न विन्डोज १० (मे २०१९ पछिको अपडेट) र विन्डोज ११ मा मात्र सकिन्छ । 

-कनेक्ट गर्ने फोन र कम्प्युटर एउटै इन्टरनेटबाट चल्नुपर्ने हुन्छ ।

-एन्ड्रोइडको भर्सन ८ वा सोभन्दा माथि हुनुपर्छ भने आईओएस १५ अथवा सोभन्दा माथि हुनुपर्छ ।

-तपाईंको कम्प्युटर डिरेक्ट एक्स ११ सपोर्ट गर्ने ग्राफिक्स कार्ड (जीपीयू) हुनुपर्छ । 

अब यो सेटअप कसरी गर्नेभन्नेबारे चर्चा गरौं:

-सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा विन्डोज बटनमा क्लिक गरेर 'फोन लिङ्क' सर्च गर्नुहोस् ।

 

-माथि फोटोमा चिन्ह लगाइएको एप खोल्नुहोस् । यस एप खुलेपछि तपाईंलाई डिभाइस छान्ने विकल्प आउँछ । तपाईंले आईओएस तथा एन्ड्रोइडमध्ये कुनै एक छान्नु पर्ने हुन्छ । 

-यसपछि लगइनको विकल्प आउँछ । जहाँ तपाईंले आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट लगइन गर्नुपर्ने हुन्छ । 

-लगइन पछि तपाईंले एउटा क्यूआर पाउनुहुन्छ । जसलाई तपाईंले आफ्नो मोबाइल फोनबाट स्क्यान गर्नुपर्ने हुन्छ । यसपछि कम्प्युटरको सोही एपमा देखिने कोड मोबाइल फोन देखिएको ठाउँमा राख्नुपर्ने हुन्छ ।

-यति गरिसकेपछि अब तपाईंले आफ्नो स्मार्टफोनमा केही काम गर्नुपर्छ । विशेषतः त्यो काम आवश्यक पर्मिसन दिने हो । फोनमा यति काम सकिएपछि पुन: विन्डोज कम्प्युटरमा फर्कनु पर्ने हुन्छ ।

-अब स्मार्टफोनमा जसरी नै तपाईंले आफ्नो कम्प्युटरमा पनि फोन लिङ्कमा पर्मिसन दिँदै जानुपर्ने हुन्छ । त्यति गरेपछि फोन र विन्डोज कनेक्ट गर्ने काम सकिन्छ । 

-तपाईंले फोन र विन्डोज कनेक्ट भएको जानकारी स्मार्टफोनको नोटिफिकेसन र फोन लिङ्क एपमा पाउनुहुन्छ । 

-विन्डोजमा भएको फोन लिङ्क एपमा आफ्नो फोनको विवरण देख्न सक्नुहुन्छ ।

-फोन लिङ्क एपको मध्य भागको माथितिर मेसेज, फोटो, कल जस्ता विकल्प हुन्छन् । त्यहीँ नै तपाईंले स्मार्टफोनमा भएका एपहरू देख्न सक्नुहुन्छ । अनि बायाँ भागतिर नोटिफिकेसन र माथिल्लो बायाँ भागमा तपाईंले फोनको ब्याट्री, नेटवर्क जस्ता विवरण देख्नुहुन्छ ।

अब यसबाट फोन गर्ने, मेसेज गर्ने, एप चलाउने, नोटिफिकेसन हेर्ने, फोटो हेर्ने जस्ता काम गर्न सक्नुहुन्छ । तर यसक्रममा तपाईंले आफ्नो कम्प्युटर फोनको ब्लुटुथ भने कनेक्ट गर्नुपर्ने हुन्छ ।

नोट: यस तरिका एन्ड्रोइड तथा आईओएस दुवैमा गर्न सकिन्छ । यसबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८१ १५:८