नयाँ इन्टरनेट प्रयोगकर्ताको आकर्षण वर्ल्डलिंक, सुबिसु, डिशहोम, वाईफाई नेपाल र भायानेटमा
जेठ १९, २०८२ १९:५२
काठमाडौँ । नयाँ फाइबर इन्टरनेट प्रयोगकर्ताको सबैभन्दा धेरै आकर्षण क्रमशः वर्ल्डलिंक, सुबिसु, डिशहोम, वाईफाई नेपाल र भायानेटमा देखिएको छ । पछिल्लो एक वर्षमा सबैभन्दा धेरै ग्राहकको रोजाईमा यी पाँच कम्पनी परेका हुन् ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार गत वर्ष २०८१ को वैशाखदेखि यस वर्षको वैशाखसम्म देशभर ३ लाख ९६ हजार ६३३ घरधुरीमा नयाँ फाइबर इन्टरनेट जडान भएको छ । त्यसमध्ये सबैभन्दा धेरै अर्थात् एक लाख २ हजार ४६१ परिवारको रोजाईमा वर्ल्डलिंक परेको हो ।
त्यसपछि क्रमशः सुबिसु ६२ हजार २१० घरधुरीमा, डिशहोम ५७ हजार ८२० घर धुरीमा, वाईफाई नेपाल ४४ हजार ५०२ घरधुरीमा र भायानेट ४२ हजार ५६६ घरधुरीमा नयाँ कनेक्सनको रूपमा जोडिएका छन् । यस बाहेक नयाँ ग्राहक बनाउने मामिलामा वेबसर्फर छैटौँ, नेपाल टेलिकम सातौँ, क्लासिक टेक आठौँ, सजिलो नेट नवौँ र ब्रोडलिंक दसौँ स्थानमा छन् ।
शीर्ष १० कम्पनीको दौडमा को, कहाँ ?
पछिल्लो एक वर्षको बजार हिस्साको आँकडा हेर्दा वर्ल्डलिंक सबैभन्दा धेरै ग्राहक हुने इन्टरनेट सेवा प्रदायक कम्पनीको पहिलो नम्बरमा कायम छ । गत वर्ष दोस्रो स्थानमा रहेको नेपाल टेलिकम तेस्रो स्थानमा धकेलिएको छ भने तेस्रो स्थानबाट डिशहोम दोस्रो स्थानमा उक्लिएको छ ।
चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौं स्थानमा रहेका सुबिसु, भायानेट, क्लासिक टेक, वेबसर्फर, टेकमाइन्ड र सीजी कम्युनिकेसन यथास्थानमा रहेका छन् । गत वर्ष दसौँ स्थानमा रहेको फाइबर वर्ल्डको ठाउँ भने यस वर्ष वाईफाई नेपालले लिएको छ ।
ग्राहक आधारको हिसाबले शीर्ष १० को प्रतिस्पर्धामा रहेका आईएसपी
|
SN |
ISPs |
Baishakh 2081 |
Baishakh 2082 |
New Customers |
|
1. |
WorldLink Communication Limited |
901182 |
1,003,643 |
102,461 |
|
2. |
Dish Media Network Limited |
292586 |
350,406 |
57,820 |
|
3. |
Nepal Doorsanchar company Ltd. |
298260 |
325,182 |
26,922 |
|
4. |
Subisu CableNet Limited |
248084 |
310,294 |
62,210 |
|
5. |
Vianet Communication Limited. |
203379 |
245,945 |
42,566 |
|
6. |
Classic Tech Pvt. Ltd. |
159505 |
182,287 |
22,782 |
|
7. |
Websurfer Nepal Communication System Pvt. Ltd. |
134958 |
175,647 |
40,689 |
|
8. |
Techminds Networks Pvt. Ltd. |
82225 |
85,225 |
3,000 |
|
9. |
C. G. Communications Limited. |
74513 |
80,854 |
6,341 |
|
10. |
Wifi Nepal Pvt. Ltd. |
29527 |
74,029 |
44,502 |
|
11. |
Broadlink Network and Communication Limited |
41780 |
55,154 |
13,374 |
स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:३१
