close

अब इलेक्ट्रिक पिकअप रिड्डारा ९ लाख ९९ हजार डाउन पेमेन्टमै खरिद गर्न सकिने

टेकपाना टेकपाना

साउन ९, २०८२ १९:३२

अब इलेक्ट्रिक पिकअप रिड्डारा ९ लाख ९९ हजार डाउन पेमेन्टमै खरिद गर्न सकिने

काठमाडौँ । सिजी मोटर्सले बिक्री गर्ने इलेक्ट्रिक पिकअप रिड्डारा आरडी सिक्स अब अब करिब १० लाख रुपैयाँ डाउन पेमेन्ट तिरेर किस्तामा खरिद गर्न सकिने भएको छ । कम्पनीले ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै अत्याधुनिक ईभी पिकअप खरिद गर्न सकिने नयाँ अफर ल्याएको हो । यो अफर रिड्डारा आरडी सिक्सको 'टु डब्लुडी' भेरियन्टमा उपलब्ध गराइएको हो जसको मूल्य हाल ६६ लाख ९९ हजार रुपैयाँ छ ।

यो भेरियन्टमा ६३ किलोवाट आवर क्षमताको ब्याट्री, २०० किलोवाट पावर र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले ३७७ किमीको ड्राइभिङ रेन्ज दिने दाबी कम्पनीको छ । जीलीको एमएपी प्ल्याटफर्ममा आधारित यो पिकअपमा इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ । यसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भेहिकल टु लोड प्रविधि जडान गरिएको छ । जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै, कम्फर्ट, इकोनोमी, अफ-रोडजस्ता तीनवटा ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६% हाई स्ट्रेन्थ स्टिलले बनेको मजबुत बडी गाडीमा जडान गरिएको कम्पनीले जनाएको छ । 

यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले क्याशब्याक अफर, निःशुल्क एसेसरिज र  ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज टप-अप बोनस पनि पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १९:३२