close

गुगल मेसेजमा स्मार्ट रिप्लाईका लागि आयो ट्याप टु ड्राफ्ट फिचर, अब झुक्किएर मेसेज जाने डर नहुने

टेकपाना टेकपाना

जेठ २५, २०८३ ७:५३

गुगल मेसेजमा स्मार्ट रिप्लाईका लागि आयो ट्याप टु ड्राफ्ट फिचर, अब झुक्किएर मेसेज जाने डर नहुने

काठमाडौं । गत मार्च महिनामा गरिएको परीक्षणपछि गुगल मेसेजले अब स्मार्ट रिप्लाईका लागि नयाँ ट्याप टु ड्राफ्ट (Tap to draft) फिचर रोलआउट गर्न सुरु गरेको छ । यो नयाँ तरिकाले प्रयोगकर्ताहरूलाई भुलबस वा झुक्किएर मेसेज पठाउनबाट जोगाउन सघाउने छ ।

यसअघि, मेसेज लेख्ने ठाउँ (compose field) को माथि देखिने स्मार्ट रिप्लाईका सुझावहरूमा ट्याप गर्नासाथ मेसेज तुरुन्तै जाने गर्थ्यो । कतिपय प्रयोगकर्ताहरूले झुक्किएर अनावश्यक मेसेज जाने डरले यो सुविधालाई पूर्ण रूपमा बन्द नै गर्ने वा बेवास्ता गर्ने गरेका थिए ।

तर गुगलले अहिले ल्याएको नयाँ ट्याप टु ड्राफ्ट फिचरमार्फत कुनै स्मार्ट रिप्लाई छनोट गर्दा त्यो सिधै मेसेज बक्समा थपिनेछ । यसको अर्थ अब प्रयोगकर्ताले मेसेज पठाउनु अघि त्यसमा थप कुराहरू लेख्न वा सम्पादन गर्न सक्नेछन् । यससँगै अब मेसेज पठाउनका लागि प्रयोगकर्ताले अनिवार्य रूपमा आफैँले सेन्ड बटन थिच्नुपर्ने हुन्छ ।

यस सुविधामा दुईवटा विकल्पहरू उपलब्ध छन्: ट्याप टु ड्राफ्ट (Tap to draft) अर्थात् मेसेजको ड्राफ्ट तयार पार्ने र ट्याप टु सेन्ड (Tap to send) अर्थात् सिधै मेसेज पठाउने ।

कसरी मिलाउने सेटिङ ?

यो सुविधा प्रयोग गर्नका लागि तपाईँले मेसेज एपको Settings हुँदै General settings भित्र रहेको Suggestions & Actions मा जानुपर्ने हुन्छ । जसलाई हालैका हप्ताहरूमा माथिको Suggestions मेनुमा नामकरण गरिएको छ । यो फिचर रोलआउट भए पनि सुरुमा डिफल्ट रूपमा भने ट्याप टु सेन्ड नै सेट गरिएको हुन्छ । जसलाई प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्छन् ।

यो महत्त्वपूर्ण सुधार एन्ड्रोइडका लागि गुगल मेसेजको पछिल्लो स्टेबल भर्सन (20260522_00_RC00) सँगै उपलब्ध गराइएको हो । यसका साथै गुगल मेसेजले अन्य धेरै सुधारहरू पनि गरिरहेको छ । हालै एन्ड्रोइड र आईफोन (iOS 26.5) बीच इन्क्रिप्टेड आरसीएस मेसेजिङ सुरु भएको छ भने रिड रिसिप्ट (Read receipts) को डिजाइनमा पनि परिवर्तन गरिएको छ । यसैगरी एन्ड्रोइड प्रयोगकर्ताका लागि ट्र्याश फोल्डर (Trash folder) जस्ता सुविधाहरू पनि सार्वजनिक भइरहेका छन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ ७:५३