close

रियलमी पी थ्री सिरिजका दुई मोडेल नेपाली बजारमा, सुरुवाती मूल्य ४५ हजार रुपैयाँ

टेकपाना टेकपाना

असार ५, २०८३ ९:११

रियलमी पी थ्री सिरिजका दुई मोडेल नेपाली बजारमा, सुरुवाती मूल्य ४५ हजार रुपैयाँ

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ‘पी थ्री’ सिरिजका दुई नयाँ स्मार्टफोन मोडेल भित्र्याएको छ । यसअन्तर्गत ‘रियलमी पी थ्री अल्ट्रा फाइभजी’ र ‘रियलमी पी थ्री फाइभजी’ रहेका छन् ।

रियलमी पी थ्री अल्ट्रा फाइभजी

यस मोडेलमा मिडियाटेक डाइमेन्सिटी ७३५० अल्ट्रा चिपसेट प्रयोग गरिएको छ । ६००० एमएएचको टाइटन ब्याट्रीका लागि ८० वाटको अल्ट्रा चार्ज प्रविधि दिइएको छ । ७.३८ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन र ‘ग्लोइङ लुनार’ डिजाइनमा उपलब्ध ‍फोनमा आईपी ६९ स्तरको पानी प्रतिरोधी क्षमता रहेको छ ।

फोनमा १.५ के क्वाड-कर्भ्ड एमोलेड डिस्प्ले र ओआईएस सहितको सोनी ५० मेगापिक्सेल एआई क्यामेरा पाउन सकिन्छ ।

थप विशेषताका रूपमा ६०५० वर्ग मिलिमिटर एरोस्पेस भीसी कुलिङ सिस्टम, १२ जीबी र्‍याम, २५६ जीबी स्टोरेज, रियलमी यूआई ६.० र डुअल स्टेरियो स्पिकरहरू रहेका छन् ।

नेपाली बजारमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ६५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो ‘ग्लोइङ लुनार ह्वाइट’ र 'नेप्च्युन ब्लु' कलर अप्सनमा उपलब्ध हुनेछ ।

रियलमी पीथ्री फाइभजी

रियलमी पी थ्री फाइभजीमा स्न्यापड्रागन ६ जेन ४ फाइभजी चिपसेट पाउन सक्नुहुन्छ । गेमिङ र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको फोनमा ६००० एमएएच टाइटन ब्याट्री र ४५ वाट फास्ट चार्जको सुविधा छ ।

यसमा १२० हर्जको एमोलेड ई-स्पोर्ट्स डिस्प्ले र ७.९७ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन दिइएको छ ।

यो फोनमा पनि ५० मेगापिक्सेलकै एआई क्यामेरा, आईपी ६६, ६८ र ६९ वाटर रेसिस्टेन्स र एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६.० रहेको छ । ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध फोनको मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो ‘स्टारलाइट ग्रीन’ र ‘कोमेट ग्रे’ कलरमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८३ ९:२२