close

म्यासेन्जरको च्याट स्वतः डिलिट हुने फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

मंसिर १८, २०७७ २१:१४

म्यासेन्जरको च्याट स्वतः डिलिट हुने फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । पछिल्लो केही वर्षयता इन्स्ट्यान्ट म्यासेजिङ एपहरु निकै लोकप्रिय बनेका छन् । म्यासेन्जर, टेलिग्राम, ह्वाट्सएप जस्ता इन्स्ट्यान्ट म्यासेजिङ एपमा इण्ड-टु-इण्ड इन्क्रिप्सन हुन्छ, जसले च्याटलाई सुरक्षा प्रदान गर्छ । 

फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ सेक्रेट कन्भर्सेसन फिचर ल्याएको छ । यसमार्फत कुनै पनि म्यासेज पढिसकेपछि आफैं हराएर जान्छ । 

म्यासेज स्वतः डिलिट हुने यस किसिमको फिचर टेलिग्राममा यसअघि नै आइसकेको थियो । 

तर तपाईंले सामान्य च्याट बक्समा यो फिचर प्रयोग गर्न सक्नुहुँदैन । सेक्रेट कन्भर्सेसन भित्रको यो छुट्टै च्याट प्यानल हो, जसमा केही अतिरिक्त अप्सनहरु पनि छन् । 

यस किसिमको मेटिने म्यासेज पठाउन तपाईंले आफ्नो म्यासेन्जरमा केही सेटिङ मिलाउनु पर्नेछ । 

१. सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर त्यहाँबाट म्यासेन्जर एपलाई अपडेट गर्नुहोस् वा एप अटाे अपडेटमा राख्नुहाेस् । 

२. अब च्याट गर्ने साथीकाे नाम सर्च गरेर च्याटबक्समा जानुहाेस् ।

३. स्मार्टफाेनबाट हुनुहुन्छ भने माथिपट्टि दायाँतर्फ रहेकाे अप्सनमा क्लिक गर्नुहाेस् र ‘गाे टु सेक्रेट कन्भर्सेसन’ अप्सनलाई चयन गर्नुहोस् ।

४. एउटा च्याट प्यानल खोलिन्छ । त्यहाँ म्यासेज टाइप गर्नुहोस् । 

५. टाइप गर्ने ठाउँमा ‘टाइमर’ सेट गर्ने अप्सन हुन्छ । कति समयपछि म्यासेज स्वतः डिलिट हटाेस् भन्ने चाहनुहुन्छ, त्याे सेट गर्नुहाेस् । 

६. अब तपाईंले सेट गरेको समयभित्र जुनसुकै म्यासेज पनि हराएर गएको पाउनुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०