close

एक दिनमा के के गर्छन् एलन मस्क ?

टेकपाना टेकपाना

मंसिर १९, २०७८ २३:१०

एक दिनमा के के गर्छन् एलन मस्क ?

काठमाडौं । एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन । उनी नयाँ-नयाँ किसिमका सोचका लागि समेत परिचित छन् । यस्ता सबै कार्यका लागि उनलाई व्यवस्थित कार्ययोजना र जीवनशैलीको आवश्यकता पर्दछ । कुनै पनि सफल व्यक्तिका लागि दैनिक कार्यतालिका निकै महत्त्वपूर्ण हुन्छ ।

आज हामी तपाईंलाई एलन मस्कको दैनिक जीवनयापनको बारेमा संक्षिप्तमा बताउँदै छौँ । भनिन्छ, एलन मस्क कामको विषयलाई लिएर निकै गम्भीर हुने गर्छन् । उनी कामका लागि आफ्नो खानासमेत छोडिदिन्छन् ।

यतिसम्म कि कतिपय समय त उनी रातिको समयमा काम गर्ने स्थानमै सुत्ने गर्दथे ।

उनी उठ्दा बिहान करिब ७ बजेको हुन्छ । मस्कको भनाइमा उनी छ देखि साढे छ घण्टा सुत्ने गर्छन् ।

जब उनी कम मात्रामा सुत्ने गर्छन्, तब त्यसको असर आफ्नो काममा पर्ने ठान्छन् । बिहान उठेपछि उनी नुहाइधुवाई गरेर एक कफ कफीमा रमाउँछन् । उनी प्रायजसो हतारोमा हुने गर्छन् । त्यसैले त उनको दिउँसोको खाजा छुटिरहेको हुन्छ ।

जुन दिन उनी ब्रेकफास्ट लिन्छन्, त्यसमा उनी अम्लेट खाने गर्छन् । रेडिट एमएमा बताइए अनुसार उनका लागि सावर लिनु एकदमै महत्त्वको काम हो । सावर नलिएको दिन उनलाई असहज लाग्छ ।

उठिसकेपछिको सावरले उनलाई दैनिक रुपमा आउने चुनौतीका लागि तयार पार्छ । यति गरिसकेपछि उनी आफ्ना बच्चालाई स्कुल पठाउँछन् र आफू पनि कामका लागि निस्किन्छन् । एलन मस्क दाबी गर्छन् कि, उनी हप्तामा ८० देखि १०० घण्टासम्म काम गर्छन् ।

जसमा बढीजसो उनको ध्यान स्किलसेट डिजाइन र इन्जिनियरिङमा केन्द्रित हुने गर्छ । स्पेसएक्समा उनको ९० प्रतिशत समय डिजाइनको काममा बित्ने गर्छ । जब कि टेस्लामा भने ६० प्रतिशत समय यस किसिमको काममा जाने गर्छ ।

एलन मस्क मल्टीटास्कर हुन्, अर्थात अनेक किसिमका काम गर्ने खुबी राख्छन् । तर पनि उनी धेरैजसो फोन वा ईमेलमा व्यस्त हुँदैनन् । उनको बुझाइमा व्यस्त रहने गरेका कारण उनी आफ्नो न्युट्रिसनमा समेत ध्यान दिन पाउँदैनन् ।

उनी दिउँसोको मिटिङपछि मात्र लञ्च लिने गर्छन् । समयलाई उनी एकदमै धेरै महत्त्व दिने गर्छन् । त्यसैले उनी अनावश्यक मिटिङमा सहभागी हुँदैनन् । सन् २०१८ मा न्यू योर्क टाइम्सको एउटा रिपोर्ट आएको थियो ।

जसमा एलन मस्कले हप्तामा १२० घण्टासम्म काम गर्ने गरेको बताइएको थियो । बाबु भइसकेपछि उनले आफ्ना बच्चासँग धेरै समय बिताउन सुरु गरे । उनले आफ्ना बच्चाको नाम ‘एक्स एस ए-१२’ (X AE A-12) राखेका छन् ।

दिनभर व्यस्त रहने गरेका कारण उनी धेरैजसो क्यालोरी रातिको समयमा लिने गर्छन् । डिनरमा उनको निकै रुचि छ । ‘डाइट कुक’ उनलाई निकै रुच्ने चिज हो ।

उनी कामबाट राति करिब १० बजे घर फर्किन्छन् । त्यसपछि केही समय पढ्छन् र एनिमेटेड मुभी हेर्छन् । करिब राति १ बजेमात्र उनी सुत्ने गर्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२