close

वर्ल्डलिङ्कले ल्यायो नेपालकै सस्तो प्याकेज, ७९९ मै इन्टरनेट र टिभी

टेकपाना टेकपाना

माघ १९, २०७७ १२:२४

वर्ल्डलिङ्कले ल्यायो नेपालकै सस्तो प्याकेज, ७९९ मै इन्टरनेट र टिभी

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले ग्राहकका लागि ‘तहल्का अफर’ सार्वजनिक गरेको छ । कम्पनीले सबैको पहुँचमा इन्टरनेट र टेलिभिजन सेवा पुर्‍याउने उद्देश्यका साथ यो आकर्षक अफर ल्याएको हो ।

यस अफर अन्तर्गत मासिक ७९९ रुपैयाँमै १० एमबीपीएसको इन्टरनेट र २ सयभन्दा भन्दा बढी च्यानल सहितको नेटटिभीको सुविधा प्राप्त गर्न सकिनेछ । थोरै मूल्य तिर्न सक्ने र इन्टरनेटको प्रयोग कम गर्ने ग्राहकलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको वर्ल्डलिङका सेल्स म्यानेजर शत्रुघन पञ्जियारले जानकारी दिए ।

‘हामीले खासगरी ग्रामीण भेगका ग्राहकलाई ध्यानमा राखेर यो प्याकेज ल्याएका हौं,’ उनले भने, ‘कस्टमाइज गरी नेपालमै नयाँ अभ्यास स्वरुप प्याकेज तयार पारिएको छ ।’ यो प्याकेज लिन चाहने ग्राहकले वार्षिक एकमुस्ट रुपमा ९,५८८ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

यस्तो प्याकेजमा ग्राहकले वाईफाईबाट मात्र इन्टरनेट प्रयोग गर्न सक्नेछन् । जसअन्तर्गत एक पटकमा तीन वटा डिभाइसमा मात्र इन्टरनेट प्रयोग गर्न सकिनेछ भने आईपीटिभी सेवा एउटा टेलिभिजनमा चल्नेछ ।

तर ल्यानबाट केबलबाट भने ल्यापटप तथा कम्प्युटरमा इन्टरनेट प्रयोग गर्न पाइने छैन । आईपीटिभीमा नेटटिभी स्ट्याण्डर्ड प्याकेज अनुसारका सबै च्यानल उपलब्ध हुने पञ्जियारले बताए ।

यसअन्तर्गत टिभीमै युट्युव समेत हेर्न सकिने उनको भनाइ छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार जुनसुकै बेला अन्य प्याकेजमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जसमा ग्राहकले वार्षिक रुपमा ३० एमबीपीएसका लागि १५००० रुपैयाँ, ४० एमबीपीएसका लागि १७५०० रुपैयाँ र ६० एमबीपीएसका लागि २२००० रुपैयाँका विभिन्न प्याकेज रोज्न सक्नेछन् । यी प्याकेजहरु एक महिना र तीन महिनाका लागि समेत उपलब्ध छन् ।

यो अफर वर्ल्डलिङ्कको पहुँच भएका सबै स्थानका लागि ल्याइएको हो । यसमा पुराना ग्राहक समेत सहभागी हुनसक्ने जनाइएको छ ।

‘जसले अहिले धेरै पैसा तिरिरहेका छन्, तर इन्टरनेटको प्रयोग कम हुन्छ, उनीहरुले समेत यो प्याकेज लिन पाउने छन्,’ पञ्जियारले टेकपानासँगको कुराकानीमा भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१