close

वेबसर्फरको इन्टरनेटले धोका दिँदा रोकियो संसद् बैठकको लाइभ

टेकपाना टेकपाना

असार १८, २०८३ १३:२८

वेबसर्फरको इन्टरनेटले धोका दिँदा रोकियो संसद् बैठकको लाइभ

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरको इन्टरनेट नचल्दा सङ्घीय संसद बैठकको लाइभ प्रभावित भएको छ । बिहीबार ११ बजेदेखि संसद् ‌बैठक सुरु भए पनि नियमित रूपमा हुँदै आएको लाइभ रोकिएको हो ।

सङ्घीय संसद्‌का दुवै सदनका हरेक बैठकको लाइभ युट्युबमार्फत हुने गरेको छ । तर बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठक यो समाचार तयार पार्दासम्म निरन्तर चलिरहे पनि लाइभ हुन सकेको छैन । 

संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित नयाँ संसद् भवनमा वेबसर्फरको इन्टरनेट सेवामा समस्या आउँदा नियमित लाइभ प्रसारण नै रोकिएको हो । समस्या समाधानका लागि कम्पनीलाई अनुरोध गरिएको सचिवालयले जनाएको छ ।

अपडेट: प्रतिनिधि सभा बैठकको युट्युब लाइभ प्रसारण सुरु भएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १८, २०८३ १३:४१